neapl investment mega bank
  • गृहपृष्ठ
  • रिलायन्स लाइफको व्यतित बीमा लेखको विलम्ब शुल्कमा शत प्रतिशत छुट

रिलायन्स लाइफको व्यतित बीमा लेखको विलम्ब शुल्कमा शत प्रतिशत छुट

Jun 15th, 2021

काठमाडौ, असार १

रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमा लेखको विलम्ब शुल्कमा शत प्रतिशत छुट दिने घोषणा गरेको छ ।

कम्पनीले कोभिड १९ को विषम परिस्थितिमा आफ्ना ग्राहकवर्गको जीवन सुरक्षाको महत्वलाई मध्यनजर गरी ग्राहकले नवीकरण बिमा शुल्क भुक्तानी नगरी व्यतित भएका सबै बीमालेखको २०७८ सालअसार ३१ गते भित्र पुनर्जागरण गराएमा सो मा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट प्रदान गर्ने भएको हो । यसको फाईदा आफ्ना ग्राहकले यस विषम परिस्थितिमा पूर्ण रुपमा लिनेछन् भन्ने बिश्वास लिएको कम्पनीले जानकारी दिएको छ ।