neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

पाराग्वेको जितसँगै सुखद सुरुवात

Jun 15th, 2021

काठमाडौं, असार १

कोपा अमेरिका फुटबलमा पाराग्वेले विजयी सुरूवात गरेको छ। मंगलबार बिहान सम्पन्न भएको खेलमा पाराग्वेले १० खेलाडीमा सिमित बोलिभियालाई ३-१ गोलले पराजित गरेको हो ।

पाराग्वेलाई जित दिलाउन एन्जेल रोमेरोले दुई गोल र अलेक्ज्याण्डर रोमेरोले एक गोल गरे ।बोलिभियाका एरविन सावेद्राले एक गोल गरे ।

खेलमा पहिलो अग्रता भने बोलिभियाले लिएको थियो। खेलको १० औं मिनेटमा एरविन सावेद्राले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

पहिलो हाफको इन्जुरी समयमा बोलिभिया १० खेलाडीमा सीमित भएको थियो । जौमे कुएल्लरले रातो कार्ड पाउँदै मैदान छाड्न परेको थियो।जसको फाइदा पाराग्वेले उठायो।

दोस्रो हाफको ६२ औँ मिनेटमा अलेक्ज्याण्डर रोमेरोले गोल गर्दे खेल बराबरिमा फर्काए ।त्यसको तीन मिनेटपछि एन्जेल रोमेरोले गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए।

त्यसपछि खेलको ८० औँ मिनेटमा एन्जेल रोमेरोले ब्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-१ को जित दिलाए ।

जितसँगै समूह (बी)मा रहेका पाराग्वेले तीन अंक जोडेको छ र तालिकाको शीर्ष स्थानमा छ ।पराजित बोलिभिया अंक विहीन तालिकाको पुछारमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi