neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • निवर्तमान मन्त्री आलेद्वारा उपचारमा सहयोग

निवर्तमान मन्त्री आलेद्वारा उपचारमा सहयोग

Jun 14th, 2021

काठमाडौँ, ३१ जेठ /रासस

निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले दुवै खुट्टा भाँचिएर घाइते भएका हुम्लाको सिमकोट गाउँपालिका–७ का ११ वर्षीय बालक युद्ध शाहीको उपचारका लागि आर्थिक सहयोग गर्नुभएको छ । आर्थिक अभावका कारण घाइते बालकको उपचारमा समस्या भएको जानकारी पाएपछि निवर्तमान मन्त्री आलेले रु १५ हजार उपचारका लागि प्रदान गर्नुभएको हो ।

हुम्लास्थित राससकर्मी दाने बोहरामार्फत राष्ट्रिय बाणिज्य बैंक हुम्ला शाखाको खातामा उपचारकारका लागि उक्त रकम पठाइएको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो । ती बालक माटो खन्ने क्रममा यही जेठ २९ गते दुवै खुट्टा भाँचिएर घाइते भएका थिए । केही दिन अगाडि जबु गाउँका विशाल शाहीको आगलागी भएको घर नयाँ मर्मतका लागि माटो खन्न गएका युद्ध शाहीको खुट्टा भाँचिएर हड्डी बाहिर निस्किएको र उपचारमा समस्या भएको स्थानीयवासी तथा पत्रकार बोहराले जानकारी दिनुभयो ।

घाइते बालकका बुबाको केही वर्ष अघि नै निधन भएको तथा आमाले अर्कैसँग विवाह गरेका कलेउनको जिल्ला बाहिर थप उपचारका लागि लैजान आर्थिक सहयोग गर्ने कोही नभएका कारण आर्थिक सहयोग जुटाउनु परेको समाचार आएपछि नेकपा ९एमाले० का नेता आलेले उक्त रकम सहयोग गर्नुभएको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi