neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

क्रोएसिया इंग्ल्यान्डसँग पराजित

Jun 14th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, जेठ ३१

युरोकप २०२० मा इंग्ल्यान्डले विजयी सुरूवात गरेको छ। आइतबार राति भएको खेलमा इंग्ल्यान्डले क्रोएसियालाई १-० गोलले पराजित गरेको हो ।

इंग्ल्यान्डलाई जित दिलाउन रहीम स्टर्लिंगले गरेको गोल नै निर्णायक बन्न पुग्यो । स्टर्लिंगले खेलको ५७ औं मिनेटमा काल्विन फिलिप्सको पासमा सो गोल गरेका हुन् ।

जितसँगै समूह (डी) मा रहेको इंग्ल्यान्डले तीन अंक जोडेको छ र तालिकाको शीर्ष स्थान स्थानमा छ ।पराजित क्रोएसिया अंक विहीन पुछारमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi