neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

ब्राजिलको जितसँगै सुखद सुरुवात

Jun 14th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, जेठ ३१

ब्राजिलले कोपा अमेरिका फुटबलमा विजयी सुरुवात गरेको छ ।आइतबार राति भएको उद्घाटन खेलमा ब्राजिलले भेनेजुएलालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

ब्राजिललाई जित दिलाउन मार्क्विन्होसले,नेयमार र गेब्रियल बार्बोसाले एक-एक गोल गरे ।ब्राजिलले एक गोल पहिलो हाफ र दुई गोल दोस्रो हाफमा गरेको हो ।

खेलको २३ औँ मिनेटमा मार्क्विन्होसले गोल गर्दे टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

दोस्रो हाफको ६४ औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै टोलीलाई २-० ले अघि बढाए।

त्यसपछि खेलको ८९ औँ मिनेटमा गेब्रियल बार्बोसाले नेयमारको पासमा गोल गर्दै टोलीलाई ३-० को सहज जित दिलाए ।

जितसँगै समूह (ए)मा रहेका ब्राजिलले तीन अंक जोडेको छ र तालिकाको शीर्ष स्थानमा छ ।पराजित भेनेजुएला अंक विहीन तालिकाको पुछारमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi