neapl investment mega bank
  • गृहपृष्ठ
  • थप २ हजार ४०७ जनामा कोरोना सङ्क्रमण, ३९९४ जना डिस्चार्ज, ४६ को मृत्यु

थप २ हजार ४०७ जनामा कोरोना सङ्क्रमण, ३९९४ जना डिस्चार्ज, ४६ को मृत्यु

Jun 13th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, जेठ ३०

आइतबार थप २ हजार ४०७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १२ हजार ४०६ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या छ लाख ८ हजार ४७२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १२ हजार ४०६ जनाको परीक्षण भएको छ । हालसम्म ३२ लाख १४ हजार ७२५ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप ३९९४ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ३९९४ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या पाँच लाख ३१ हजार १०५ पुगेको छ ।

थप ४६ को मृत्यु

पछिल्लो २४ घण्टामा ४६ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या आठ हजार ४१२ पुगेको छ।