काठमाडौ, जेठ ३०
नेप्से आज आईतबार एकैदिन ३८ दसमलव ३२ अंकले बढेर २९ सय ८३ दसमलव ११ अंकमा पुुगेको छ । यसैगरी सेन्सिटिभ पनि ११ दसमलव ५४ अंकले बढेर पाँच सय ३९ दसमलव ४२ अंकमा चढेको छ । दुुई सय २० वटा कम्पनीहरुको एक लाख ८२ हजार चार सय ३० पटकको कारोवारमा तीन करोड ७० लाख ७६ हजार चार सय ३९ कित्ता सेयर खरिद बिक्री हुंदा आज कुुल कारोवार रकम १९ अर्ब ५५ करोड एक लाख ६६ हजार छ सय ३६ रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा आज सात वटा समुहको सुचक बढेर छ वटा समुहको सुचक घटेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक आठ दसमलव आठ अंकले बढेर १९ सय ४४ दसमलव ७८ अंकमा चढेकोमा बिकास बैंक, जलबिद्युुत, फाईनान्स, होटल तथा पर्यटन, उत्पादनमुलक र लगानी समुहरुको सुचक पनि बढेकाछन । निर्जिवन बीमा समुहको सुचक भने आज २२ दसमलव सात अंकले घटेर १५ हजार एक सय ७८ दसमलव ६५ अंकमा झरेकोमा जीवन बीमा, टे«डिङ, अन्य, लघुुबित्त र सामुुहिक लगानी कोष समुहहरुको सुचक घटेकाछन ।
आज बढी कमाउने कम्पनीहरुको सुचीमा श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा नेपाल इन्स्योरेन्स कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अरुण भ्याली हाईड्रो पावर कम्पनी परेको छ ।