neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • वेल्ससँग बराबरीमा रोकियो स्विजरल्याण्ड

वेल्ससँग बराबरीमा रोकियो स्विजरल्याण्ड

Jun 12th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, जेठ २९
युरोकप फुटबलमा स्विजरल्याण्ड वेल्ससँग बराबरीमा रोकिएको छ।

अजरबैजानको बाकुमा शनिबार सम्पन्न भएको खेलमा स्विजरल्याण्डले वेल्ससँग १–१ गोलको बराबरी खेलेको हो ।

खेलमा स्विजरल्याण्डको लागि ब्रेल इम्बोलोले एक गोल गरे भने वेल्सको लागि किफेर मूरले एक गोल गरे ।

खेलमा पहिलो अग्रता भने स्विजरल्याण्डले लिएको थियो। खेलको ४९ औं मिनेटमा ब्रेल इम्बोलोले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

तर, खेलको ७४ औं मिनेटमा वेल्सका किफेर मूरले हेडरमार्फत  गोल गर्दै खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै समूह (ए) मा रहेका स्विजरल्याण्ड र वेल्सले एक एक अंक बाडेका छन् । स्विजरल्याण्ड तालिकाको दोस्रो स्थानमा छ भने वेल्स तेस्रो स्थानमा छ ।

शीर्ष स्थानमा रहेको इटालीको तीन अंक छ भने टर्की अंक विहीन तालिकाको पुछारमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi