neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

इटालीको जितसँगै सुखद सुरुवात

Jun 12th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, जेठ २९
युरोकप २०२० मा इटालीले विजयी सुरूवात गरेको छ। शुक्रबार राति भएको उद्घाटन खेलमा इटालीले टर्कीलाई ३-० गोलले पराजित गरेको हो ।

इटालीलाई जित दिलाउन सिरो इमोबाइलले र लोरेन्जो इन्सिन्याले एक-एक गोल गरे ।इटालीले एक गोल आत्मघाति गोल उपहार पाएको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा इटालीले आत्मघाती गोलबाट अग्रता लिएको थियो ।खेलको ५३ औं मिनेटमा टर्कीका मेरिह डेमिरलले आफ्नै पोस्टमा गोल गरेका थिए।

खेलको ६६ औं मिनेटमा इटालीका सिरो इमोबाइलले गोल गर्दे टोलीको अग्रता दोब्बर बनाए ।

त्यसपछि खेलको ७९ औं मिनेटमा लोरेन्जो इन्सिन्याले गोल गर्दै टोलीलाई ३-० को सहज जित दिलाए ।

जितसँगै समूह एु को इटालीले तीन अंक जोडेको छ र तालिकाको शीर्ष स्थानमा छ ।पराजित टर्की तालिकाको पुछारमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi