neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • गोदावरी खोला क्षेत्र सरसफाइ अभियानको ११९ औं हप्ता सम्पन्न

गोदावरी खोला क्षेत्र सरसफाइ अभियानको ११९ औं हप्ता सम्पन्न

Jun 12th, 2021

-बेबी राजभण्डारी

काठमाडौ, जेठ २९

गोदावरी खोला क्षेत्र सरसफाइ अभियानले ११९ औं हप्ता पार गरेको छ।अभियान बिगत ११९ औं हप्ता देखि निरन्तर साप्ताहिक रुपमा गोदावरी कुण्ड देखि गोदावरी खोला हनुमन्ते दोभान सम्म सरसफाइ गरेर जनचेतनामूलक ,सचेतनामुलक अभियान चलिरहेकोमा हाल कोरोनाका कारण खोलामा गएर सबै भेला भएर सरसफाइ गर्न नसकेकोले घर घर बाट नै सरसफाइ , घर नजिक सार्बजनिक क्षेत्र सरसफाइ , गोदावरी खोला सरसफाइ गर्दै सामाजिक दुरि कायम गरि सुरक्षा अवस्था खयाल गरेर सरसफाइ यबम बृक्षारोपन कार्य गरेर अभियान लाई निरन्तरता दिइरहेका छन ।

अभियानले गोदावरी खोला साप्ताहिक सरसफाइ , बिध्यालय स्तरिय जनचेतनामूलक कार्यक्रम , घरदैलो सरसफाइ कार्यक्रम , बृक्षारोपन , सन्देश मुलक होर्डिङ बोर्ड राख्ने , सरसफाइ मानव साङ्ग्लो , लगायतको विभिन्न कार्य गरेर स्वयम् सेवि भावनाका साथ समाजमा चेतना फैलाउने काम गरिरहेको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi