neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • रक्तदान गरौ बिश्वलाई चलायमान राखौं नाराका साथ बिश्व रक्तदान दिवस मनाउदै

रक्तदान गरौ बिश्वलाई चलायमान राखौं नाराका साथ बिश्व रक्तदान दिवस मनाउदै

Jun 11th, 2021

– बेबि राजभन्डारि

काठमाडौं, जेठ २८

ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान) ले रक्तदान गरौ बिश्वलाई चलायमान राखौं नाराका साथ विश्व रक्तदान दिवस मनाउन मनाउदै छ।

ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान) ले जुन (१४) २०७८ जेष्ठ ३१ गते सोमबार दिउँसो ११:०० बजे बिभिन्न संघ संस्थाका ब्यक्तित्वहरुको उपस्थितिमा जुम भर्चुअल बाट शुभकामना आदान प्रदान गरेर काठमाडौंको विभिन्न ५ स्थानमा सन्देश मुलक ब्यानर राखेर विश्व रक्तदान दिवस मनाउन लागेको ब्लोदानका महासचिब केशब महर्जनले जानकारी दिनुभएको छ।

बिगतका बर्ष मा पदयात्रा ,रक्तदातालाइ सम्मान,चित्रकला प्रदर्शन ,दीप प्रज्ज्वलन लगायतका कार्यक्रम गर्दै आएकोमा यो बर्ष रक्तदान गरौ ,बिश्वलाई चलायमान राखौं नाराका साथ विभिन्न संघ सस्थाको सहकार्यमा ५ स्थानमा ब्यानर बाट सन्देश दिदै रगतको अभाबले कोहि मर्न नपरुन भन्ने उदेश्यका साथ आकस्मिक रक्तदान ,घरदैलो रक्तदान जस्ता कार्यक्रम गरेर बिषम परिस्थितिमा रगत अभाब कम गर्ने कार्य ब्लोदान ले गरिरहेको तथ्य सचिब उज्ज्वल के सि ले प्रष्ट पार्नु भएको छ।

त्यसैगरी ब्लोदानका केन्द्रिय अध्यक्ष सानुबाबु प्रजापतिले रक्तदान गरौ यस्को महत्व बुझाएर भन्दै अहिले को अवस्थामा प्रबिधिको प्रयोग बाट घर घर बाट नै रगत सन्कलन कार्य ब्लोदानले गर्दै आएको र विभिन्न जिल्ला समिति, नगर समितीले यथाशक्य उत्कृष्ट कार्य गर्दै आएकोमा निजिकिदै गरेको वगलभ ज्ञद्ध धयचमि दयियम मयलबच मबथ को शुभकामना दिदै उक्त दिन ५ स्थानमा राख्न लागिएको सन्देश मुलक ब्यानरले समाजमा रगत रक्तदान र रक्तदाताको बिषयमा महत्वपूर्ण भुमिका खेल्ने कुरा बताउनु भयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi