neapl investment mega bank
  • गृहपृष्ठ
  • ललितपुरको महालक्ष्मी नगरपालिका ५ बासीले दुई दिनमा लगाए ४ सय ६३ चाइनिज भेरो सेल खोप

ललितपुरको महालक्ष्मी नगरपालिका ५ बासीले दुई दिनमा लगाए ४ सय ६३ चाइनिज भेरो सेल खोप

Jun 10th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, जेठ २७

ललितपुरको महालक्ष्मी नगरपालिका अन्र्तगत ६० देखि ६४ उमेर समुहका व्यक्तिलाई लक्षित गरी चाइनिज भेरो सेल खोप लगाईको छ । गत जेठ २५ गते महिला पुरुष गरी २७७ र आज २७ महिला १०८ र पुरुष ७८ गरी ४६३ जनाले खोप लगाउन सफल भएका छन् ।

खोप कार्यक्रम महालक्ष्मी नगरपालिकाका वडा नं. ५ का वडा अध्यक्ष राजकुमार सिल्वालको संयोजकत्वमा भएको थियो । खोप कार्यमा सहयोग पुर्याउनु हुने महालक्ष्मी नगरपालिकाकी स्काउट संयोजक मुना खनाल,सुरज महर्जन र रेन्जर भारती विष्ट, रेडक्रसका राजन खड्का लगायत युवायुवती स्वयमसेवकहरुले सहयोग पुर्याएका थिए ।