neapl investment mega bank
  • गृहपृष्ठ
  • घटेर रोकियो नेप्से , कमाउने भन्दा गुमाउने बढी

घटेर रोकियो नेप्से , कमाउने भन्दा गुमाउने बढी

Jun 10th, 2021

काठमाडौ, जेठ २७

नेप्से आज बिहिबार घटेर रोकिएको छ । आज नेप्से एक दसमलव आठ अंंकले घटेर २९ सय ४४ दसमलव ७८ अंकमा झरेकोमा सेन्सिटिभ भने दुुई दसमलव ५९ अंकले बढेर पाँच सय २७ दसमलव ८७ अंकमा चढेको छ । दुुई सय २० वटा कम्पनीहरुको एक लाख ५५ हजार छ सय ९० पटकको कारोवारमा आज तीन करोड छ लाख छ हजार छ सय ४४ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम १६ अर्ब १० करोड चार लाख १२ हजार चार सय ३६ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा सात वटा समुहको सुचक घटेकाछन भने छ वटा समुहको सुचक बढेकाछन । सो मध्ये बाँणिज्य बाँणिज्य बैंक समुहको सुचक १७ दसमलव ७८ अंकले घटेर १९ सय ३६ दसमलव ७० अंकमा झर्दा निर्जिवन बीमा, उत्पादनमुलक, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन र अन्य समुहको सुचक पनि घटेकाछन । बिकास बैंक समुहको सुचक भने आज एक सय २० दसमलव छ अंकले बढेर चार हजार सात सय १४ दसममलव ४३ अंकमा चढेकोमा जलबिद्युुत, फाईनान्स, लघुबित्त, उत्पादनमुलक र लगानी समुहहरुको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीह्रुको सुचीमा पाँचथर पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने बोटर्लस नेपाल (तराई) लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीह्रुको सुचीमा भने हाईड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट कम्पनी परेको छ ।