काठमाडौ, जेठ २७
महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले बीमाशुल्क भुक्तानीको बिलम्व शुल्कमा छुट दिने भएको छ । कम्पनीका अनुसार यही असार मसान्तसम्म बीमा शुल्कको किस्ता तिर्ने बिमितहरुको हकमा तीन महिनासम्म सत् प्रतिसत छुुट, तीन महिनामाथि छ महिनासम्मको ७५ प्रतिसत छुुट र छ महिनाको माथिको हकमा ५० प्रतिसत छुट दिन लागिएको हो ।
विश्वव्यापी रूपमा फैलिरहेको कोभिड–१९ को संक्रमण तथा नेपालको अधिकांश जिल्लाहरूमा जारी निषेधाज्ञाको कारण बीमितहरुले बीमाशुल्क किस्ता समयमा तिर्न सकेका छैनन । कतिपयले सार्वजनिक आवागमन बन्द भएको, बैंक शाखाहरू संचालन नभएको तथा समयमा किस्ता तिर्ने रकमको व्यवस्था हुननसकेको कारण तिर्न असमर्थ हुँदै आइरहेका थिए । आम बीमितहरुको यहि समस्यालाई विचार गरी राहत स्वरूप ज्येष्ठ २७ गतेबाट लागू हुने गरी बीमा शुल्क तिर्दा लाग्ने बिलम्व शुल्कमा छुट दिने व्यवस्था गरिएको हो, कम्पनीले भनेको छ ।