neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

मैत्रीपूर्ण खेलमा पोर्तुगलको सहज जित

Jun 10th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, जेठ २७

पोर्तुगलले मैत्रीपूर्ण खेलमा सहज जित निकालेको छ ।बुधबार राति सम्पन्न खेलमा पोर्तुगलले इजरायललाई ४-० गोलले पराजित गरेको हो ।

पोर्तुगललाई जित दिलाउन ब्रुनो फर्नांडीसले दुई गोल गरे भने क्रिस्टियानो रोनाल्डो र जोओ क्यान्सलोले एक-एक गोल गरे ।

खेलको ४२ औँ मिनेटमा ब्रुनो फर्नांडीसले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।त्यसको दुई मिनेट पछि क्रिस्टियानो रोनाल्डोले गोल गर्दे टोलीको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफको ८८ औं मिनेटमा जोओ क्यान्सलोले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।

त्यसपछि खेलको इन्जुरी समयमा ब्रुनो फर्नांडीसले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-० को सहज जित दिलाए ।

समूह (एफ)मा रहेको पोर्तुगलले जुन १५ मा हंगेरीसँग पहिलो खेल खेल्दै युरोकपको सुरुवात गर्नेछ ।त्यस्तै,समूह (एफ)मा फ्रान्स र जर्मनी पनि छन् ।युरोकप फुटबल जुन १२ देखि सुरु हुँदैछ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi