neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रमाणपत्र धितो राखेर रु २५ लाख ऋण दिने कार्यक्रम छिटो कार्यान्वयनमा जोड

प्रमाणपत्र धितो राखेर रु २५ लाख ऋण दिने कार्यक्रम छिटो कार्यान्वयनमा जोड

Jun 9th, 2021

काठमाडौँ, २६ जेठ /रासस

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष नेकपा (एमाले) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले शैक्षिक प्रमाणपत्र धितो राखेर रु २५ लाख ऋण उपलब्ध गराउने नीतिलाई अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ ।

मन्त्री पौडेलसमक्ष अनेरास्ववियुका अध्यक्ष ऐन महरले उक्त कार्यक्रमका लागि कार्यविधि बनाएर कार्यान्वयन गर्न, विद्यार्थीलाई ल्यापटप किन्न रु ८० हजार दिन र निःशुल्क सिमकार्ड प्रबन्ध गर्नुपर्नेलगायत सात बुँदा समेटिएको ज्ञापनपत्र मङ्गलबार हस्तान्तरण गर्नुभएको हो । मन्त्री पौडेलले सरकारले बजेटमा समावेश गरिएका कार्यक्रमको प्रभावकारीरूपमा छिटो कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।