neapl investment mega bank
  • गृहपृष्ठ
  • एसबी सल्युसनसँगको सहकार्यमा मेगा बैंकले सुरु गर्यो ऋण अटोमेसन प्रणाली

एसबी सल्युसनसँगको सहकार्यमा मेगा बैंकले सुरु गर्यो ऋण अटोमेसन प्रणाली

Jun 9th, 2021

काठमाडौ, जेडठ २६

मेगा बैंक लिमिटेडले एसबी सल्युसन प्रा.लि. सँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणालीलाई लाइभ गरेको छ । यसले अनलाइन ऋण आवेदन, इन्टर्नल ऋण वर्क फ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने गर्दछ । मेगा बैंक लिमिटेडका प्रमुख व्यवसाय अधिकारी अमित श्रेष्ठ र एसबी सल्युसनका अध्यक्ष विपुल ढकालले आ–आफ्नो संस्थाको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका छन् ।

क्रेडिट–एक्स (ऋण अटोमेसन प्रणाली) को थालनी सँगै, बैंकहरूले पूर्णरूपमा कागज निर्भर ऋण कार्य प्रवाह गर्न सक्षम हुनेछन् । यसले प्रणाली भित्र जोखिम प्यारामिटरहरूको अनुगमन गरेर ऋण लिएका ग्राहकहरूसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्नलाई पनि सहयोग पु¥याउनेछ । यो नयाँ तरिकले बैंकलाई द्रुत गतिमा ऋण प्रक्रिया पूरा गर्न मद्दत गर्दछ । प्रणालीले जमानत र गैर जमानत बेस लोन पनि प्रोसेस गर्ने गर्दछ ।

ऋण स्वचालन प्रणाली अन्तर्राष्ट्रिय मापदण्ड अन्र्तगत रहेको रेटिंगको दृष्टिकोणमा निर्माण गरिएको छ । यो स्वायत्त सिस्टम, प्रणालीले संचालित ग्राहकको उद्देश्य मूल्याकनका साथसाथै विषयगत प्यारामिटरहरूको मानकीकरणकोरुपमा पनि रहेको छ ।

यस नयाँ प्रणाली कार्यान्वयन भए साथै, बैंक र अन्तका उपभोक्ताहरूले प्रशोधन र स्वीकृति प्रक्रियाको टर्न अराउन्ड समयमा ५० प्रतिशतभन्दा बढी कटौतीको अनुमानित लाभ लिन पाउनेछन् । थप रूपमा, बैंकले एसबी सल्युसनले निर्माण गरेको अनलाइन ऋण योग्यता सेवा पनि सुचारु गर्दैछ, जसले ग्राहकहरूलाई अनलाइन ऋण योग्यता जाँच गर्न र बैंकले प्रस्ताव गरेको अनलाइन पोर्टल मार्फत कुनै पनि ऋण प्रडक्टको लागि आवेदन दिन सहयोग पु¥याउँछ ।

मेगा बैंक नेपाल, राष्ट्र बैंकबाट क वर्गको इजाजतप्राप्त संस्था हो । यस संस्थाले एक मजबुत र भरपर्दो बैंकको रूपमा स्थापित गर्ने प्रतिबद्धता लिएको छ । मेगाले हालै नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त “ख“ वर्गको गण्डकी विकास बैंक लिमिटेडलाई आफ्नो संस्थागा भेको छ । मेगा बैंक लिमिटेडको लगभग आठ लाखभन्दा बढि ग्राहक रहेकाछन् र देशभरि १८० भन्दा बढि शाखाहरु रहेका छन् ।

एसबी सल्युसनप्रा.लि.ले हालसालै डिजी हबप्रा.लि. सँग पनिआफ्नो संस्थागाभेको छ । डिजी हब प्रा.लि गैर आवासीय नेपाली समुहद्धारा पदोन्नति गरिएको संस्था हो र यसले वान लिंक, क्रेडिट एक्स जस्ता विस्तृत प्रडक्ट तथा प्रक्रियालाई डिजिटलाइजेसन तथा अटोमेसन गर्ने र विभिन्न बैकिङ प्रणालीलाई सहज बनाउने सिस्टमहरुको विकास गरिरहेको छ । डिजी हबले फिन्टेक र लेन्डिङ डिजिटाइजेनको काम सँगैं क्रेडिट–एक्स, अनलाइन ऋण योग्यता, इन्स्टा ऋण, पेडे ऋण, अनलाइन खाता खोल्ने, कागजात व्यवस्थापन प्रणाली, विक्रेता व्यवस्थापन प्रणाली, कर्पोरेट बैंकिंग प्रणालीमा क्रेडिट र ग्यारेन्टीहरू स्वचालित गर्न, मेमो व्यवस्थापन प्रणाली, बजेट प्रबन्धन प्रणाली र मोबाइल एप जस्ता प्रडक्टहरु दिईरहेको छ । हाल थप ४० भन्दा बढि वित्तीय संस्थान र कर्पोरेट संस्थाले एसबी सल्युसन प्रा.लि. तथा डिजि हब प्रा.लिले निर्माण गरेको प्रणाली प्रयोग गरिरहेका छन् ।