neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

फ्रान्सको जितमा जिरौडको दुई गोल

Jun 9th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, जेठ २६

फ्रान्सले मैत्रीपूर्ण खेलमा सहज जित निकालेको छ । मंगलबार राति सम्पन्न खेलमा फ्रान्सले बल्गेरियालाई ३-० गोलले पराजित गरेको हो ।

फ्रान्सलाई जित दिलाउन ओलिभियर जिरौडले दुई गोल र एन्टोनियो ग्रीजम्यानले एक गोल गरे ।फ्रान्सले एक गोल पहिलो हाफ र दुई गोल दोस्रो हाफमा गरेको हो ।

खेलको २९ औँ मिनेटमा एन्टोनियो ग्रीजम्यानले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफको ८३ औं मिनेटमा जिरौडले गोल गर्दै टोलीलाई २-० ले अघि बढाए।

त्यसपछि खेलको ९० औँ मिनेटमा जिरौडले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-० को सहज जित दिलाए ।

समूह (एफ)मा रहेको फ्रान्सले जुन १६ मा जर्मनीसँग पहिलो खेल खेल्दै युरोकपको सुरुवात गर्नेछ ।त्यस्तै,समूह (एफ)मा पोर्तुगल र हंगरी पनि छन् ।

युरोकप फुटबल जुन १२ देखि सुरु हुँदैछ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi