neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • विश्वकप छनोटमा ब्राजिलको लगातार छैटौं जित

विश्वकप छनोटमा ब्राजिलको लगातार छैटौं जित

Jun 9th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, जेठ २२

फिफा विश्वकप २०२२ कतार अन्तर्गत दक्षिण अमेरिका छनोटमा ब्राजिलले लगातार छैटौं जित निकालेको छ ।

बुधबार भएको खेलमा ब्राजिलले पाराग्वेलाई २–० गोलले पराजित गरेको हो ।

ब्राजिललाई जित दिलाउन नेयमार र लुकास पाक्वेटाले एक-एक गोल गरे ।ब्राजिलले एक गोल पहिलो हाफ र एक गोल दोस्रो हाफमा गरेको हो ।

खेलको चौथो मिनेटमा नेयमारले गाब्रियल जिससको पासमा गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा लुकास पाक्वेटाले नेयमारको पासमा गोल गर्दै ब्राजिललाई २-० गोलको जित दिलाए ।

जितसँगै ब्राजिलले ६ खेलबाट १८ अंक जोडेको छ र शीर्ष स्थानमा छ ।पराजित पाराग्वेको ७ अंक छ र छैटौं स्थानमा छ ।विश्वकप छनोटमा यो ब्राजिलको लगातार छैटौं जित हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi