neapl investment mega bank
  • गृहपृष्ठ
  • थप ५ हजार १५३ जनामा कोरोना सङ्क्रमण, ६५७० जना डिस्चार्ज, १०८ को मृत्यु

थप ५ हजार १५३ जनामा कोरोना सङ्क्रमण, ६५७० जना डिस्चार्ज, १०८ को मृत्यु

Jun 8th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, जेठ २६

मंगलबार थप ५ हजार १५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १७ हजार ६७६ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या पाँच लाख ९५ हजार ३६४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १७ हजार ६७६ जनाको परीक्षण भएको छ । हालसम्म ३१ लाख ६७ हजार १२९ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप ६५७० जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ६५७० जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या पाँच लाख ४ हजार ५३० पुगेको छ ।

थप १०८ को मृत्यु

पछिल्लो २४ घण्टामा १०८ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या आठ हजार ९८ पुगेको छ।