neapl investment mega bank

हालसम्म कै उच्च अंकमा पुग्यो नेप्से

Jun 8th, 2021

काठमाडौ, जेठ २५

नेप्सले आज हालसम्म कै उच्च बिन्दुु कायम गरेको छ । नेप्से आज ५३ दसमलव ४४ अंकले बढेर २९ सय ६० दसमलव १४ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि सात दसमलव ४७ अंकले बढेर पाँच सय २८ दसमलव १० अंकमा चढेको छ । दुुई सय १८ वटा कम्पनीहरुको एक लाख ४९ हजार सात सय आठ पटकको कारोवारमा तीन करोड ५७ लाख तीन सय ७४ कित्ता सेयर किनबेच भएकाछन भने कुुल कारोवार रकम १६ अर्ब ९५ करोड १२ लाख ९९ हजार ४० रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा तीन वटा समुहको सुचक घटेकाछन भने १० वटा समुहको सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक २० दसमलव एक अंकले बढेर १९ सय ६५ दसमलव ८२ अंकमा चढेकोमा बिकास बैंक, जलबिद्युुत, उत्पादनमुलुक, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, फाईनान्स, अन्य र सामुुहिक लगानी कोष समुहरुको सुचक पनि बढेकाछन । होटल तथा पर्यटन, लघुुबित्त र लगानी समुहहरुको सुचक भने आज घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा ग्रिन डेभलपमेन्ट बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मेरो माईक्रो फाईनान्स लघुुबित्त बित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी परेको छ ।