neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

अवैध लागूऔषध सहित पक्राउ

Jun 8th, 2021

काठमाडौं, जेठ २५

कैलालीको धनगढी उपमहानगरपालिका–२ कृष्णनगर टोलबाट ६ ग्राम १ सय ७५ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर, ६ ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्रोभेट र १ थान डिजिटल तराजु सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका–२ बस्ने २५ वर्षीय संजिप सिंह, सोही उपमहानगरपालिका–७ बस्ने २० वर्षीया मैना साउँद र धनगढी उपमहानगरपालीका–२ कृष्णनगर टोल डेरा गरी बस्ने बैतडी घर भएकी ३५ वर्षीया लक्ष्मी भट्ट रहेका छन् । लक्ष्मीको कोठामा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–५ चिसापानीस्थित सडकबाट १ सय १० मिलिग्राम अबैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २० वर्षीय अर्जुन सुनारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँमा शंकास्पद तरिकाले हिँडिरहेका उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi