neapl investment mega bank
  • गृहपृष्ठ
  • ६४ एमपी ट्रेन्ड सेटिङ्ग क्यामेरा र एमोलेड डिस्प्ले सहित नेपालमा रियलमी ८ सार्वजनिक

६४ एमपी ट्रेन्ड सेटिङ्ग क्यामेरा र एमोलेड डिस्प्ले सहित नेपालमा रियलमी ८ सार्वजनिक

Jun 8th, 2021

काठमाडौ, जेठ २५

बिश्वमा तिव्ररुपमा आफ्नो बजार विस्तार गर्दै गएको स्मार्टफोन ब्राण्ड रियलमीले नेपाली बजारमा रियलमी ८ सार्वजनिक गरेको छ । मध्यम रेन्जकोनम्बर सिरिज रियलमीको ख्यातीप्राप्त सिरिज हो, र यो सिरिज तीनवर्षको अवधिमा ६ वटा जेनेरेसन अपग्रेड र तीन करोड ३० लाख विक्रीका साथ यो मोबाइल फोनको क्षेत्रमा उत्कृष्ट सिरिजका रुपमा देखा परेको छ । रियलमी ८ उत्कृष्ट विकासका साथ ६४ एमपी सेन्सर र नयाँ ट्रेन्डसेटिङ्ग फिचरहरुका साथ बजारमा ल्याइएको छ । यसमा १ हजार निट्ससम्म उच्च ब्राइटनेसको सुविधा रहेको एमोलेड सुपर डिस्प्ले राखिएको छ ।

६४ एमपीए आईक्वाड क्यामेरा, तेजिलो फोटो र उत्कृष्ट रात्रीकालिन फोटो

रियलमी ८ को मुख्य क्यामेराको रुपमा, ६४ एमपी क्यामेरा रहेको छ साथैं ८ एमपीको ११९ डिग्री वाइड एङ्गगल सहित माइक्रो र ब्ल्याक एण्ड ह्वाइट प्रोटेट लेन्ससहितचार क्यामेरा ट्रेन्डसेटिङ्गका नयाँ फिचर रहेकाछन् ।

टिल्ट–सीफ्ट मोडले वास्तविक दुनियाँलाई सानो गरेर देखाउने गरी रोमाञ्चक फोटोग्राफीको आनन्ददिन सक्छ । यसैगरी नयाँ स्तरीय मोडले स्योर फायर ब्राइटनेसमा देखिने समस्या र फोटोमा आउने दानाहरु कम गरी गुणस्तरलाई सुधार गर्दछ ।

यसैगरी रियलमी ८ मानियोन प्रोट्रेट, डायनामिक वोकेह, नयाँएआई प्रोट्रेट र अन्यशैलीगत फिचरहरु रहेका छन् । १६ एमपी सेल्फीप्रोट्रेट क्यामेरामा एआई ब्युटि, प्रोट्रेट मोड र सुपर नाइटस्केप मोड रहेका छन् । दोहोरो दृश्य भिडियो फिचरले प्रयोगकर्ताका लागि रमाइलो र आकर्षक भिडियो लिन सहयोग गर्छ । यसैगरी यूआईएस म्याक्स भिडियो स्टयावील्याइजेसनले स्थिर र स्मुथ चलायमान भिडियो खिच्न सहयोग पु¥याउँछ ।

६.४ इन्च सुपर एमोलेड डिस्प्ले र १००० निट्सेकोे अधिकतम ब्राइटनेस

रियली ८ मा ६.४ इन्च सुपर एमोलेड डिस्प्ले रहेकोे छ । यसमा सधैँ डिस्प्लेब ल्ने र फास्ट अनलकिङ लाइट सेन्सेटिभ इन¬–डिस्प्ले सेन्सरको पनि प्रयोग गरेको छ ।

डिस्प्लेमा १०८० पी एफएचडी रिजोलुसन र १८० हर्जको टच स्याम्पलिंग रेट प्रयोग भएको छ । सनलाइट मोडले १ हजार निट्ससम्मको ब्राइटनेस समर्थन गर्दछ । डिस्प्लेमा आँखाको सुरक्षाको डीसी–लाइक डिमिङ र न्यून ब्राइटनेसमा एन्टी फ्लिकरको प्रावधान रहेको छ ।

३० वाट डार्ट फ्ल्यास चार्ज, ५००० एमएएच् व्याट्री

रियलमी ८ को साथ३० वाट डार्ट फ्ल्यास चार्ज उपलब्ध छ जसले यसमा रहेको ५००० एमएएच् व्याट्रीलाई मात्र ६५ मिनेटमा पूर्ण रुपले चार्ज गर्न सक्छ । यसको चार्जरमा ५ आयाम सुरक्षा प्रविधिले चार्जिङलाई पूर्णतया सूरक्षित बनाउँछ ।

रियलमी ८ मा रहेको ५००० एमएएच ्व्याटी« ४० दिन स्ट्यान्डवाइमा र निरन्तर खेल खेल्दा १० घण्टा सम्म टिक्न सक्छ । यसमा रहेको सुपर पावर सेभिङ्ग मोडले ५ प्रतिशतमात्र रहँदा पनि २ दिनसम्म टिकाउन सक्छ । रियलमी ८ मा विभिन्न एप् जस्तै क्विक फ्रिज, स्लिप स्ट्यान्डवाइ अप्टिमाइजेसन र अन्य व्याट्री अप्टिमाइजेसन फिचर्सहरु रहेका छन् ।

यसबाट ओटीजी केवलमार्फतअन्यफोन र स्मार्ट डिभाइजलाई चार्ज गर्न समेत सकिन्छ ।

अनन्त बोल्ड डिजाइन, सिल्म र हलुका

रियलमी ८ ले ट्रेन्डी अनन्त बोल्ड डिजाइनलाई प्रयोग गरेको छ । यो फोन दुई रङ्ग साइवर सिल्भर रसाइवर ब्लाकमा उपलब्ध छ । केबल १७७ ग्राम तौलको रियलमी ८ मात्र८ मिलिमिटर भन्दा कम मोटाइको छ ।

हेलियो जी ९५ गेमिङ प्रोसेसर, कपर लिक्विड कुलिङ्ग टेक्नोलोजी

कपर लिक्विड कुलिङ प्रविधिले कुलिङ प्रभावकारितालाई रियलमी७ को तुलनामा १४.४ प्रतिसत वृद्धि गरेको छ । ८ ¥यामर १२८ जीबी स्टोरेजसहितउपलब्ध रियलमी ८ को मूल्य नेपालीबजारमा ३५,९९० रहेको छ ।

कम्पनीको बारेमा

रियलमी अत्याधुनिक आर्टिफिसियल टेक्नोलोजीेको क्षेत्रमानयाँ ट्रेन्डका रुपमा उदाएको लोकप्रिय ब्राण्ड हो । जसले उच्च क्वालिटीका मोबाइल फोनहरुको उत्पादन गरिरहेको छ । यस कम्पनीले विश्वमा टेक्नोलोजीप्रति चाँसो राख्ने युवाहरुलाई लक्षितगरि ‘चुनौतीदेखि उन्नतिसम्म’ को नाराका साथ व्यापक विकास गर्दै जाने लक्ष्य लिएको छ । कम्पनीले आफ्ना नयाँ पछिल्ला उत्पादनहरुलाई आधुनिक टेक्नोलोजी र थप फिचर्सको प्रयोग गरी स्मार्टफोन प्रयोगकर्ताहरुसम्म पु¥याउने बताएको छ ।

२०१८ मे ४ देखि यसका संस्थापक स्काई लिले रियलमी फोनको उद्योग स्थापना गरेका थिए । रियलमी २०२० मा संसारका उत्कृष्ट ५० स्मार्टफोन मध्ये ७ औँ नम्बरमा परेको थियो । हालसम्मयसका प्रयोगकर्ता ७० करोड नाघेका छन् । कम्पनीका चीन, भारत, दक्षिण एसिया, युरोप, रसिया, अफ्रिका लगायतका देशगरी ६० वटा ठूला बजार रहेका छन् ।