काठमाडौ, जेठ २४
नेप्से आज घटेको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज सोमबार भने शुन्य दसमलव २१ अंकले घटेर २९ सय छ दसमलव ७० अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ३८ अंकले घटेर पाँच सय २० दसमलव ६३ अंकमा झरेको छ । आज दुई सय २१ वटा कम्पनीहरुको एक लाख ५१ हजार नौ सय ४२ पटकको कारोवारमा तीन करोड ५४ लाख ७४ हजार चार सय १४ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम १५ अर्ब ८१ करोड ८६ लाख ५९ हजार ६३ रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंंदा छ वटा समुहको सुचक घटेर सात वटा समुहको सुचक बढेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ३१ दसमलव ७४ अंकले घटेर १९ सय ४५ दसमलव ७२ अंकमा झरेकोमा टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुुलक, लघुुबित्त र सामुुहिक लगानी कोष समुहहरुको सुचक पनि घटेकाछन । बिकास बैंक समुहको सुचक भने आज दुुई सय ६० दमसलव छ अंकले बढेर चार हजार चार सय सात दसमलव ४२ अंकमा चढेकोमा जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा, फाईनान्स, अन्य र सामुुहिक लगानी कोष समुहरुको सुचक पनि बढेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पोखरा फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा युनाईटेड इदी मर्दी हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल इन्फ्रास्ट्रक्चर बैंक परेको छ ।