काठमार्डाै जेठ २४
चु जी फाउण्डेसन, ताइवानले आनन्दकुटी बिद्यापीठ, स्वयम्भुलाई अटो क्लेभ मेसिन एक थान, पोर्टेवेल एक्स रे मेसिन एक थान, ईको मेसिन एकथान एक थान हस्तान्तरण गरेको छ ।
फाउण्डेशनको तर्फबाट मैत्रीमहास्थवीर र मुकुन्द बिष्टले आनन्दकुटी आईशोलेसन सेन्टरलाई उक्त सामग्री हस्तान्तरण गरेको हो भने सेन्टरको तर्फबाट सांसद जीवन रामश्रेष्ठले ग्रहण गरेका हुुन ।
५० बेड क्षमताको आइसोलेशन सेन्टरमाहाल २३ जनाउपचारका क्रममा हुनुहुन्छ भने २५ जना कोभिड १९ जितेर स्वास्थ्यलाभ गरी डिस्चार्ज भइसकेका छन् । काठमाडौं क्षेत्र नं८ का सांसद जीवनराम श्रेष्ठको संरक्षकत्वमा काठमाडौं महानगरपालिका १५ वडा तथा स्थानियवासीको सहयोगमा संचालन भइरहेको यस अक्सिजनसहितको आइसोलेशनका लागि आनन्दकुटी बिद्यापीठले स्थान उपलब्ध गराएको छ । मोडेल हस्पिटल नर्सिङ्ग कलेजबाट मेडिकल टिमले २४ सै घण्टा डाक्टर, नर्सको सेवा प्रदानगरिरहेको छ भने एक्स रे, ईसिजी कोभिड बिरामीको सम्पुर्ण परिवारलाई पिसिआर टेस्टको ब्यवस्थापौष्टिक खाजा खाना लगायत सम्पूर्ण सुबिधाहरु निःशुल्करुपमा प्रदान गर्दै आइरहेको छ ।
आइसोलेशनबाट स्वास्थ्य लाभ गरी घर फर्कनेहरुलाई अक्सिमिटर, थर्मोमिटर, सेनिटाइजर, मास्क, कोभिड बुकलेट तथा आवश्यक औषधीहरु निःशुल्क प्रदान गर्दै आएकोे संरक्षण सांसद श्रेष्ठले जानकारी गराउनु हुँदै फाउण्डेशनको निरन्तर साथ र सहयोगका लागि कृतज्ञ रहेको बताउनु भएको छ । यसअघि पनि यसै फाउण्डेशनलेले पाँच थान अक्सिजन कन्सनटे«टर तथा विभिन्न सामग्री सहयोग हस्तान्तरण गरिसकेको छ ।