neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • अस्पताललाई बद्नाम गराउन अस्पतालबाट जारी सूचनालाई तोडमोड गरियो : ग्राण्डी अस्पताल

अस्पताललाई बद्नाम गराउन अस्पतालबाट जारी सूचनालाई तोडमोड गरियो : ग्राण्डी अस्पताल

Jun 7th, 2021

काठमाडौ, जेठ २४
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीले अस्पताललाई बद्नाम गराउन सामाजिक सञ्जालमार्फत ग्राण्डीको आधिकारीक सूचनालाई तोडमोड गरेर प्रचार गरेको बताएको छ ।

अस्पताल प्रशासनले आज एक विज्ञप्ती जारी गरी ग्राण्डी अस्पतालले आफ्नै पिसिआर ल्याव स्थापना गरी विरामीको सेवाका लागि सहुलियतदरमा पिसिआर परिक्षण गर्ने सूचना सार्वजनिक गरेपनि विद्युतीय माध्यामको प्रयोग गरेर उक्त सूचनालाई तोडमोड गरेर गलत प्रचार गरेको बताएको हो ।
सो अस्पतालले पिसिआर परिक्षण सरकारले तोकेभन्दा सस्तो दर रु १५०० मा गर्ने सूचना सामाजिक सञ्जाल, छापा माध्याम र विद्युतीय माध्यामबाट प्रकाशन प्रसारण गरेपनि उक्त सूचनालाई तोडमोड गरेर रसियन भ्याक्सिन १५०० मा लगाउन पाइन्छ भनी भाइवरको प्रयोग गरेर गलत सूचना दिएर विद्युतीय अपराध गरेको पाईएको छ ।

कोरोनाको भ्याक्सिन नेपाल सरकारले तोकेको खोप केन्द्रमा निःशुल्क उपलब्ध गराउँदै आएपनि ग्राण्डीको बदनाम गराउन ग्राण्डीमा पैसा तिरेर पाइन्छ भनेर भाइवरको प्रयोग गरेर अज्ञात समूहले नकारात्मक सूचना दिएको अस्पतालले जनाएको छ । उक्त सूचनाले राज्यको समेत बर्खिलाप गरेको अस्पतालको ठहर छ ।

ग्राण्डीले सामाजिक सञ्जालको प्रयोग गरी नकारात्मक सूचना दिने यस्ता व्यक्तिलाई पक्राउ गरी कारबाही गर्नसमेत माग गरेको छ । हाल मुलुकमा देखा परेको संकटको घडीमा राष्ट्र र जनताको सेवा गर्न ग्राण्डी अस्पताल नेपाल सरकारसँग सहकार्य गर्न सदैव तत्पर रहेको बताएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi