neapl investment mega bank
  • गृहपृष्ठ
  • एन आई सी एशिया बैंकको खाता खोलेर स्मार्टवाच, आईफोन–१२ तथा ५० हजार नगद जित्ने मौका

एन आई सी एशिया बैंकको खाता खोलेर स्मार्टवाच, आईफोन–१२ तथा ५० हजार नगद जित्ने मौका

Jun 7th, 2021

काठमाडौ, जेठ २४

डिजिटल बैंकिङ्गमा मुलुकको अग्रणी स्थानमा रही सहज बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको एन आई सी एशिया बैंकले कोरोना भाइरसकोे महामारीका बेला घरमै बसेर अनलाईन खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यका साथ दुई वटा अनलाईन एकाउन्ट ओपनिङ च्यालेन्ज प्रतियोगिता सार्वजनिक गरेको छ । २०७८ जेष्ठ २३ देखि आषाढ १९ सम्म सञ्चालन हुने यी दुई प्रतियोगिताहरू मध्ये सबैभन्दा कम समयमा अनलाईन खाता खोल्ने एक जनालाई आईफोन–१२ तथा १० जनालाई स्मार्टवाच र बैंकको अनलाईन खाता खोल्ने प्रक्रियाबारे उत्कृष्ट भिडियो बनाई युटुबमा अपलोड गर्ने दुई जनालाई जनही ५० हजार नगद जित्ने मौका रहेको छ ।

अकाउन्ट ओपनिङ च्यालेन्जका लागि सहभागीले जतिसक्दो कम समयमा बैंकको वेबसाइटमार्फत सफलतापूर्वक खाता खोल्नुपर्नेछ । बैकका अनुसार यो प्रतियोगितामा सहभागी हुनका लागि बैंकको वेबसाइटबाट खाता खोल्ने प्रक्रिया पूरा गर्ने, अकाउन्ट प्रोग्रेशनमा गई आफ्नो रिफरेन्स कोड राखेर खाता खोल्ने स्टेप १ देखि सबमिटसम्म देखिने गरी स्क्रिन सट लिने, बैंकको आधिकारिक फेसबुक पेजमा रहेको पिनेट पोष्टको कमेन्टमा च्यालेन्ज एसेप्टेड लेखि आफ्ना पाँच जना साथीहरूलाई ट्याट गरी उक्त स्क्रिनसट पोष्ट गर्ने, सहभागीले उक्त पिनेड पोष्टलाई आफ्नो टाइमलाइनमा घरबाटै अनलाईन खाता तथा एनआईसी एशिया बैंक उल्लेख गरी सार्वजनिक रुपमा शेयर गर्ने र बैंकको फेसबुक पेज र उक्त पिनेट पोष्टलाई लाइक गर्ने लगायतका चरणहरु पार गर्नुपर्ने छ ।

बैंकका अनुसार यो प्रतियोगिता अवधिभर हरेक साता दुई, दुई जना तथा प्रतियोगिता अवधिभर छोटो समयमा खाता खोल्ने १० जनालाई छनौट गरी बैंकले प्रत्येकलाई एक, एक वटा स्मार्टवाच प्रदान गर्नेछ र उत्कृष्ट १० जनामध्ये पनि कम समयमा खाता खोल्नुहुने एकजना भाग्यमानी ग्राहकलाई आइफोन–१२ प्रदान गरिने योजना रहेको छ । बैंकका अनुसार भिडियो च्यालेन्जका लागि भने युटुबमा भिडियोहरू अपलोड गर्नुहुने युट्यबरहरुले बैंकको अनलाईन खाता खोल्ने प्रक्रिया एवं यसका योजनाहरूबारे भिडियो वा भ्लग बनाई यस प्रतियोगितामा सहभागी हुन सक्नुहुनेछ । भिडियो बनाउँदा बैंकको ‘सहज रुपमा अनलाईन खाता प्रकृया’ एवं ‘महामारीको बेला बैंक पुगेर खाता खोल्दाका चुनौति’ बारेमा सहभागीले खुलेर प्रस्तुती दिनुपर्ने हुन्छ । सहभागीले आफुसँग रहेको कौशल प्रयोग गर्दै रचनात्मक भिडियो तयार पारी युटुबमा यस बैंकको आधिकारिक युटुब च्यानललाई ट्याग गरी घरबाटै अनलाईन खाता र एवं एनआईसी एशिया बैंक उल्लेख गरी भिडियो अपलोड गर्नुपर्नेछ । सहभागी भएका भिडियोहरू मध्ये रचनात्मक भिडियो र सबैभन्दा धेरै पटक (न्यूनतम दुुई हजार पटक) हेरिएको भिडियोलाई जनही ५० हजारका दरले नगद पुरस्कार प्रदान गरिनेछ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । करिब २७ लाख ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब दुुई अर्ब ६५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।