आधारभूमि संवाददाता
काठमाडौ, जेठ २३
आइतबार थप ३ हजार ४७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १३ हजार ७३३ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या पाँच लाख ८८ हजार १२४ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १३ हजार ७३३ जनाको परीक्षण भएको छ । हालसम्म ३१ लाख ४३ हजार ६२ जनाको पीसीआर परीक्षण गरिएको छ।
थप ६६३६ जना डिस्चार्ज
नेपालमा पछिल्लो २४ घण्टामा ६६३६ जनाले कोरोना जितेका छन् ।
यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या चार लाख ९१ हजार ९ पुगेको छ ।
थप ९९ को मृत्यु
पछिल्लो २४ घण्टामा ९९ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या सात हजार ८९८ पुगेको छ।