neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

मोटरसाइकल चोरीमा संलग्न ७ जना पक्राउ

Jun 5th, 2021

मोरङ, जेठ २२

सुन्दरहरैचा नगरपालिका–४ बलिया डेरा गरी बस्ने मदन कुमार चौधरीको प्र–१–०५–००१ प–००६१ नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न ७ जनालाई चोरी भएको मोटरसाइकल सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सुनसरी ईटहरी उपमहानगरपालिका–१३ बस्ने २८ वर्षीय राजेश मेहता, सोही उपमहानगरपालिका–२० बस्ने ३८ वर्षीय कोप बलराम गुरूङ, सोही उपमहानगरपालिका–२ बस्ने ३९ वर्षीय भवेस भन्ने सुवास लिम्बु, सोही उपमहानगरपालिका–३ बस्ने ३० वर्षीय मचिन राई, सोही उपमहानगरपालिका–४ बस्ने २१ वर्षीय गोलमोल राई, १९ वर्षीय रोमन परियार र २१ वर्षीय राते भन्ने मनोज परियार रहेका छन् ।

जेठ १२ गते राति उक्त मोटरसाईकल चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले राजेश मेहताको घरबाट उक्त मोटरसाइकल फेला पारी मोटरसाईकल सहित पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न अन्य ६ जनालाई उनीहरूको घरबाटै पक्राउ गरेको हो ।

घटनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi