neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रधान सेनापति थापाद्वारा मध्य पश्चिम पृतना हेड क्वार्टरका युनिटहरुको भ्रमण

प्रधान सेनापति थापाद्वारा मध्य पश्चिम पृतना हेड क्वार्टरका युनिटहरुको भ्रमण

Jun 5th, 2021

काठमाडौ, जेठ २२

प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले शुक्रबार मध्य पश्चिम पृतना हेड क्वार्टर अन्तर्गतका युनिटहरुको निरीक्षण भ्रमण गरेकाछन ।

निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति महारथी थापाले रुकुम (पश्चिम) मा तैनाथ नरसिंहदल गण, पूर्वी रुकुममा तैनाथ बटुकदल गण र प्युठानमा तैनाथ ईन्द्रध्वज गणको बस्तुस्थिति, बन्दोबस्ती, लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुका साथै सकल दर्जाहरुलाई सम्बोधन समेत गरेका थिए ।