neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • नेयमार र रिचार्लिसनको गोलमा ब्राजिलको जित

नेयमार र रिचार्लिसनको गोलमा ब्राजिलको जित

Jun 5th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, जेठ २२

फिफा विश्वकप २०२२ कतार अन्तर्गत दक्षिण अमेरिका छनोटमा ब्राजिलले जित निकालेको छ ।

शनिबार भएको खेलमा ब्राजिलले इक्वेडरलाई २–० गोलले पराजित गरेको हो ।

ब्राजिललाई जित दिलाउन रिचार्लिसन र नेयमारले एक-एक गोल गरे ।ब्राजिलले दुबै गोल दोस्रो हाफमा गरेको हो ।

खेलको ६५ औँ मिनेटमा रिचार्लिसनले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा नेयमारले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई २-० गोलको जित दिलाए ।

जितसँगै ब्राजिलले ५ खेलबाट १५ अंक जोडेको छ र शीर्ष स्थानमा छ ।पराजित इक्वेडरको ९ अंक छ र तेस्रो स्थानमा छ ।विश्वकप छनोटमा यो ब्राजिलको लगातार पाँचौं जित हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi