neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

जुवा खेलीरहेको अवस्थामा १५ जना पक्राउ

Jun 4th, 2021

काठमाडौ, जेठ २१

महानगरीय प्रहरी परिसरले १५ जना जुवाडेलाई पक्राउ गरेको छ । बिद्यमान बिश्वभरी महामारीको रुपमा फैलिएको नयाँ भेरियन्ट कोभिड–१९ (कोरोना भाईरस) रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धमा जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले मिति २०७८।०१।२१ गते देखी निरन्तर रूपमा जारी गरेको निषेधाज्ञालाई अवज्ञा गरी आज शुक्रबार अपरान्ह ३ः१५ बजेको समयमा काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २२ पाको न्युरोड स्थित पुर्णलाल महर्जनको घरको छैठौं तलामा अजय श्रेष्ठले भाडामा लिएको कोठामा पैसाको बाजी लगाई हारजित हुने गरी जुवा खेलि खेलाई रहेको छ भन्ने विशेष सुचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं र वृत्त जनसेवाको संयुक्त प्रहरी टोली खटि गई उक्त स्थानमा रित पुर्वक खानतलासी गर्दा १५ जना जुवाडेलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ ।

परिसरका अनुसार जुवा खेलि रहेको अवस्थामा फेला पारी पक्राउ गरी खालबाट नगद १३ लाख ४३ हजार रुपैयाँ, कौडा थान–३२ र तास–५ बुक समेत बरामद गरी निजहरुलाई नियन्त्रणमा लिई वृत्त जनसेवा लगिएको र थप अनुसन्धान भईरहेको छ । परिसरका अनुसार पक्राउ पर्नेहरुमा काठमाडौंको का.जि.मनहरा कागेश्वरी न.पा.वडा नं.८ बस्ने वर्ष ४९ को विनोद कार्की, काभ्रेको दाप्चा न.पा.वडा नं.९ घर भई हाल का.जि.का.म.न.पा.वडा नं.६ बौद्ध बस्ने वर्ष ३३ को अजय लामा, काठमाडौको तार्केश्वर न.पा.वडा नं.४ बस्ने वर्ष ४३ को मुरारी भण्डारी, रामेछाप सुनाकोठी गा.पा.वडा नं.१ घर भई हाल जिल्ला भक्तपुर कौशलटार बस्ने वर्ष २५ को विशाल चौलागाईं, मकवानपुर घर भई हाल काठमाडौं कलंकी बस्ने वर्ष २९ को राजु मोक्तान, काठमाडौको बुढानिलकण्ठ न.पा.वडा नं.१ बस्ने वर्ष ४० को छिरिङ लामा, काठमाडौको.म.न.पा.वडा नं.२२ बस्ने वर्ष ५७ संजिव श्रेष्ठ, काठमाडौको कीर्तिपुर न.पा.वडा नं.६ चोभार बस्ने वर्ष ३५ को सुमन कार्की, धादिङ ज्वालामुखी गा.पा. घर भई हाल काठमाडौं सतुङगल बस्ने वर्ष ३० को भरत ईटानी, रामेछाप खाँडादेवी गा.पा. वडा नं.२ घर भई हाल काठमाडौं गोठाटार बस्ने वर्ष ४२ को कल्याण कार्की, गोर्खाको सिरानचोक गा.पा.वडा नं.७ घर भई हाल काठमाडौं सितापाईला बस्ने वर्ष ३३ को कुमार लामिछाने, ललितपुरको ल.म.न.पा.वडा नं.१७ बस्ने वर्ष ४८ को नरेन्द्र महर्जन, सप्तरीको धरमपुर गा.पा.वडा नं.८ घर भई हाल काठमाडौं टेकु बस्ने वर्ष ४० को सुमन खड्का, काठमाडौको का.म.न.पा. वडा नं.१८ बस्ने वर्ष ६४ को पञ्च नारायण महर्जन र काठमाडौंको बाफल बस्ने वर्ष ४५ को ज्ञान भक्त बलामी पक्राउ परेकाछन । पक्राउका क्रममा बलामी भने भाग्ने क्रममा घाईते भई उपचारको लागि त्रि.वि. अस्पताल महाराजगंजमा लगी उपचार भई रहेको उनको दाहिने खुट्टा भाँचिएको भन्ने बुझिएको बोल्न सक्ने प्रहरीले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi