neapl investment mega bank
  • गृहपृष्ठ
  • थप ६ हजार ६५३ जनामा कोरोना सङ्क्रमण, ८६६३ जना डिस्चार्ज, १०१ को मृत्यु

थप ६ हजार ६५३ जनामा कोरोना सङ्क्रमण, ८६६३ जना डिस्चार्ज, १०१ को मृत्यु

Jun 4th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, जेठ २१

शुक्रबार थप ६ हजार ६५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा २० हजार ८१३ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या पाँच लाख ८१ हजार ५६९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २० हजार ८१३ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या ७५५ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ जना छन् । हालसम्म ३० लाख ७४ हजार ५७१ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप ८६६३ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ८६६३ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या चार लाख ७६ हजार १३० पुगेको छ ।

थप १०१ को मृत्यु

पछिल्लो २४ घण्टामा १०१ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या सात हजार ७३१ पुगेको छ।