neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • पुष्पतारा केडिया सेवा फाउण्डेशनद्धारा रकम सहयोग

पुष्पतारा केडिया सेवा फाउण्डेशनद्धारा रकम सहयोग

Jun 4th, 2021

काठमाडौ, जेठ २१

पुष्पतारा केडिया सेवा फाउण्डेशनले पाँच लाख रुपैयाँ सहयोग गरेको छ । केडिया अर्गनाइजेशन अन्र्तगत पुष्पतारा केडिया सेवा फाउण्डेशनले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत कोभिड ( १९ बाट सृजित वर्तमान अवस्थालाई मध्यनजर गर्दै नेपाल उधोग परिसंघद्धारा गठित कोभिड फण्डमा पाँच लाख रुपैयाँ सहयोग गरेको हो ।

फाउण्डेशनद्धारा सहयोग गरिएको सो रकमले अक्सिजन सिलिन्डर, मास्क, स्यानिटाइजर पि.पि.इ खरिद तथा व्यवस्थापनको लागि एक महत्वपुर्ण योगदान हुने बिश्वास लिएको छ । पुष्पतारा केडिया सेवा फाउण्डेशन स्वास्थ्य, शिक्षा, खेलकुद एवं साँस्कृतिक उत्थानको लागि कार्य गर्ने उद्धेश्यका साथ स्थापना गरिएको एवं गैर नाफामुलक सामाजिक संस्थाकोरुपमा सक्रियताका साथ यस क्षेत्रमा कार्य गर्दे आईरहेको छ ।

यसका साथसाथै फाउण्डेशनले आफनोे संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत नै नेपाल चेम्बर अफ कमर्शको कोभिड फण्डमा समेत दुुई लाख रुपैयाँ सहयोग गरेको छ । सो रकम समेत अक्सिजन सिलिन्डर, मास्क, स्यानिटाइजर पि.पि.इ खरिद तथा व्यवस्थापनका निम्ति सहयोगको एक कोषेढुङ्गा हुनेमा फाउण्डेशन विश्वस्त रहेको छ । कोभिड १९ को महामारीमा फाउण्डेशनद्धारा प्रदान गरिएको सो सहयोग रकम सम्बन्धित स्थानमा चाँडोभन्दा चाँडो पुगी आमजनतालाई राहतपुग्ने छ फाउण्डेशनद्धारा जारी बिज्ञप्तिमा भनिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi