neapl investment mega bank
  • गृहपृष्ठ
  • ओपोद्वारा ओपो ह्याक ग्लोबल ईन्नोभेशन कम्पिटिसनको घोषणा

ओपोद्वारा ओपो ह्याक ग्लोबल ईन्नोभेशन कम्पिटिसनको घोषणा

Jun 4th, 2021

काठमाडौ, जेठ २१

अन्तरक्रियात्मक वर्कशप्स, नेटवर्किंग क्रियाकलाप, आकर्षक उपहार र अमूल्य लगानी अवसरका साथमा ओपोले ओपोह्याक ग्लोबल ईन्नोभेशन कम्पिटिशन मार्फत टेक स्टार्टअप्स र नवप्रर्तनात्मक योजनाहरुलाई यस बर्षको आफ्नो अन्तरराष्ट्रिय ईभेन्टमा आवेदनका लागि निमन्त्रित गरेको छ ।

यस बर्षको प्रतियोगिता ‘सेन्सेशन एण्ड परसेप्शन’ अवधारणाका साथै कनेक्टेड कार प्रणाली, ईमर्सिभ एक्स्पेरियन्स (एआर/भीआर तथा गेमिंग) र रोबोटिक्स गरी तीन उप बिषयबस्तु माथि आधारित हुने जानकारी दिइएको छ । ओपोह्याक ग्लोबल ईन्नोभेशन कम्पिटिशनले उद्यमशिलता र नयाँ पुस्ताका नवप्रबर्तनका लागि अन्तरराष्ट्रिय मञ्चको कामगरोस् भन्ने ओपोको उद्देश्य रहेको छ ।

सहभागिताका लागि योग्यता :
प्रतियोगितामा दर्ताका लागि प्रतिस्पर्धीले आफ्नो ब्यक्तिगत वा संस्थागत जानकारी सहित आवेदन बुझाउनु पर्नेहुन्छ । एक वा बढी थिम्सको छनोट गरी ‘सिडिंग गु्रप’ वा ‘ग्रोइंग गु्रप’मा सहभागिता जनाउने भनी छनोट गर्नुपर्नेछ । प्रतिस्पर्धाको समग्र अवधिभर नै गहिरो अवलोकन तथा निरिक्षण जारी रहनेछ । ईच्छुकले थप जानकारी ओपो ह्याक डटकम मार्फत प्राप्त गर्न सक्नु हुनेछ ।

कार्यक्रम तालिका :
प्रारम्भिक स्क्रिनिंगः २०२१/०६/०१( २०२१/०८/०१
फाइनलिस्ट धोषणाः २०२१/०८/०७( २०२१/०८/०८
निर्णायक ईभेन्ट मिति : २०२१/०८/१४ ( २०२१/०८/१५
आयोजकहरुका बारेमा संक्षिप्त जानकारी :
आयोजकः ओपो

सन् २००४मा स्थापित ओपो विश्वकै अग्रणी स्मार्ट उपकरण ब्राण्ड तथा नवप्रबर्तक हुनाका साथै अग्रणी स्मार्टफोन्स ब्राण्ड मध्यकै एक पनि हो । ओपोको ब्यापारले, ६ महादेशहरुका ४० भन्दा बढी देश तथा क्षेत्र ओगट्नुका साथै ४० हजार भन्दा बढी कर्मचारी, ८०+ टप अपरेटर पार्टनर्स र ४ लाख+ रिटेल आउटलेट्सका साथ विश्वभर फैलिएको छ । भविष्य तिर अग्रसरहुँदै आईओटी ईकोप्रणालीको निर्माण गरी पूर्णरुपमा कनेक्टेड विश्वको अग्रणी बन्ने सोचका साथ अ‍ोपो लागिपरेको छ ।

ईभेन्टपार्टनरःह्याकहब

ह्याकहब क्लाउड आधारित स्मार्ट कम्पिटिशन प्ल्याटफर्म हो । यसको स्थापना नर्थ अमेरिकाका ह्याकाथन इन्थूजियास्टहरुले गरेका हुन् । सन् २०१६देखि यसले शिक्षा, बित्त, मेडिकल केयर, आर्टिफिशियल ईन्टेलिजेन्सी, ब्लोकचेन लगायत बिषयमा आधारित हुदै विश्वभर विभिन्न प्रतिस्पर्धाको आयोजना गर्दै आइरहेको छ । विश्वका उत्कृष्ट नवप्रबर्तक, डिजाइनर्स तथा प्रोग्रामर्सहरुलाई एकै ठाउँमा भेला गर्न सफल ह्याकहबले देश तथा विदेशमा सयौँ सफल प्रतियोगिताको आयोजना गरिसकेको छ ।