neapl investment mega bank
  • गृहपृष्ठ
  • अमिर दोङ अभिनित ‘ताङ्ला ङाला चु सेम’ सार्वजानिक(हेर्नुस् भिडियाे)

अमिर दोङ अभिनित ‘ताङ्ला ङाला चु सेम’ सार्वजानिक(हेर्नुस् भिडियाे)

Jun 4th, 2021

काठमाडौ, जेठ २१

तामाङ चलचित्र जगतका महानायक तथा निर्देशक अमिर दोङ र नव मोडेल निर्मला तामाङ अभिनित ‘ताङ्ला ङाला चु सेम’ सार्वजानिक भएको छ । गीतको म्युजिक भिडियोलाई ताम्सालिङ टिभिको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

सुदिन लामा दोङको शब्द रहेको उक्त गीतलाई प्रतीक मोक्तानले संगीत, चर्चित गायक एंव संगीतकार जोगलाल लामाले संगीत संयोजन, दिपेश प्रधानले मिक्सिङ गरेका हुन । गीतमा चर्चित गायिका शशिकला मोक्तान र गायक हावा लामा दोङको स्वर रहेको छ ।

भिडियो सम्पादन तथा निर्देशन उनै तामाङ चलचित्र जगतका महानायक तथा निर्देशक अमिर दोङले गरेका हुन । सुमन तामाङले कलर र छायांकन, युद्ध लामाले कोरियाग्राफी र मिलन लामा दोङले ड्रोन छायांकन गरेका हुन ।