neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

अन्जन र नवयुगको गोलमा नेपालको जित

Jun 4th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, जेठ २१

फिफा विश्वकप २०२२ र एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले दोस्रो जित निकालेको छ ।

समूह बी अन्तर्गत कुवेतमा बिहीबार भएको खेलमा नेपालले चाईनिज ताईपेलाई २-० गोलले पराजित गरेको हो ।

नेपाललाई जित दिलाउन अन्जन विष्ट र नवयुग श्रेष्ठले एक-एक गोल गरे ।नेपालले एक गोल पहिलो हाफ र एक गोल दोस्रो हाफमा गरेको हो ।

खेलको तेस्रो मिनेटमै नेपालका अन्जन विष्टले पेनाल्टीमा गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

यसअघि २०१९ मा ताईपेको घरेलु मैदानमा भएको छनोटको खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० ले पराजित गर्दा दुई गोल अन्जनले नै गरेका थिए ।

त्यसपछि दोस्रो हाफको ८० औँ मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै टोलीलाई २-० को सहज जित दिलाए ।नवयुग सुनिल बलको स्थानमा खेलको ६९ औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

जितसँगै समूह ‘बी’मा रहेको नेपालले ६ खेलबाट ६ अंक जोडेको छ र तालिकाको चौंथो स्थानमा छ ।

शीर्ष स्थानको अस्ट्रेलियाको ४ खेलबाट १२ अंक छ। दोस्रो स्थानको कुवेत र तेस्रो स्थानको जोर्डनले समान १०-१० जोडेका छन्।

अब नेपालले जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासंग खेल्नेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi