काठमाडौ, जेठ २०
ई कमर्श प्लेटफर्म रिचार्जरले कोभिड बिरामीका लागि आवश्यक पर्ने उत्कृष्ट ब्राण्डका अक्सिजन कन्सन्ट्रेटर नेपाली बजारमा भित्र्याएको । यसअघि कोभिड प्रोटेक्टिभ उपकरणको बिक्री बितरण गर्दै आएको रिचार्जरले अक्सिजनको अभावलाई ध्यानमा राख्दै अस्पताल तथा घरायसी प्रयोजनका लागि ठुलो संख्यामा अक्सिजन कन्सन्ट्रेटर भित्र्याएको हो ।
ग्लोबल की टेक्नोलोजी रिचार्जरले विश्व बजारका उत्कृष्ट ब्राण्ड भित्र्याएसँगै राष्ट्रिय आविष्कार केन्द्रले रिचार्जरबाट ठुलो संख्यामा अक्सिजन कन्सन्ट्रेटर खरिद गरेको छ । रिचार्जरबाट आविष्कार केन्द्रले पाँच लिटर तथा १० लिटर क्षमताका विभिन्न ब्राण्डका सय थानभन्दा बढी अक्सिजन कन्सन्ट्रेटरहरु खरिद गरेको हो ।
उत्कृष्ट ब्राण्ड मध्ये काइया जेड वाई ५ सिए पाँच लिनर १७.८ केजी, क्युजे जेड वाई आई एल १० लिटर ३६ के जी र कारर ब्राण्डको ५ लिटरको एफ एफ ५ एसडब्लुु, सिआर पि ५ डब्लुु अक्सिजन कन्सन्ट्रेटर लोकप्रिय रहेकाछन् । लोकप्रिय मानिएका ब्राण्डलाई पहिलो प्राथमिकतामा राख्दै राष्ट्रिय आबिस्कार केन्द्रबाट जाच पास भएको २ बर्ष सम्मको वारेन्टी उपलब्ध गराउने रिचार्जरले जनाएको छ । घरायसी तथा अस्पताल प्रयोजनका पाँच र १० लिटर क्षमताका अक्सिजन कन्सन्ट्रेटरहरु ३५ हजार रुपैंयादेखि एक लाख ८८ हजार सम्ममा उपलब्ध हुनेछन् ।
नेपाली बजारमा कोभिडसँग सम्बन्धि सामान खरिदका लागि रिचार्जर रोजाईमा परेको छ । एन जी ओ , आई एन जी ओ, अस्पताल, बैंक,फाईनानस्, को अप्रेटिभ , कर्पोरेट हाउसलाई रिचार्जरले सहज रुपमा बजारमूल्य भन्दा सस्तोमा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउनेछ । पल्स अक्सीमिटर, मास्क , सेनिटाईजर , पी पी ई सेट , लगायतका सामान रिजारजर एपमा सस्तो मुल्यमा उपलब्ध हुने छ । एन आई सी एशिया बैकको भिसा कार्ड वाहकले किस्ताबन्दीमा अक्सिजन कन्सन्ट्रेटर खरिद गर्न सक्ने ग्लोबल कि टेक्नोलाजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए ।