आधारभूमि संवाददाता
काठमाडौं, जेठ २०
ललितपुरको लामाटारस्थित एउटा चर्चित नीजि विद्यालयले एक्कासी बन्द गर्ने सुचना जारी गरेपछि त्यहाँ अध्ययनरत विद्यार्थी , तिनीहरुका अभिभावक र शिक्षकहरु अन्यौलमा परेका छन् ।
राजधानीको भीडभाडबाट अलि टाँढा शान्त वातावरण र सिङ्गो गाउँजस्तै देखिने शुभतारा विद्यालय नीजि क्षेत्रद्वारा संचालित विद्यालय हो । विगत ३२ वर्षदेखि संचालनमा रहेको यस विद्यालयका संस्थापक अध्यक्ष रानी गुरुङ कक्षपतिले एक विज्ञप्ती मार्फत आगामी शैक्षिक शत्रबाट विद्यालय बन्द गर्ने सुचना जारी गरेपछि त्यहाँ अध्ययनरत विद्यार्थी, तिनका अभिभावक र शिक्षकहरु समेत मर्कामा परेका छन् ।
शुभतारा विद्यालयमा अध्यापन गराउदैँ आएका शिक्षकहरुले कोरोना महामारीका बीच विद्यालय व्यवस्थापनले गरेको निर्णय गलत भएको र बाल मानोविज्ञनमा प्रत्येक्ष नकारात्मक असर पु¥याउने काम गरेको शुभताराका शिक्षक जनार्दन बरालको भनाइ छ । यता अभिभावक संघ पनि महामारीका बेला विद्यालयलाई उचित व्यवस्थापन गरी अघि बढनु पर्नेमा एक्कासी बन्द गरिएको खबरले समस्या बढाएको अभिभावक संघ नेपालका केशव परी बताउँछन् ।
देश संघियतामा गइसकेकपछि पछिल्लो समय विद्यालय अनुगमनको जिम्मा नगरपालिकालाई दिइएको छ । ललितपुर महालक्ष्मी नगरपालिका अन्तर्गत रहेको यो विद्यालयको विषयमा विद्यालय व्यवस्थापन, शिक्षक र अभिभावक सँग छलफल भईरहेको प्रमुख शिक्षा अधिकारी चिरञ्जीवी पौडेलले जानकारी दिए ।
महामारीको बहानामा अहिले थुप्रै विद्यालयहरु आफना शिक्षक र कर्मचारीहरुलाई तलब चुक्ता नगरी बन्द गर्ने निर्णयमा पुगेका छन् । यस्तोमा सरकोरवाला निकायहरुले संवेदनशिल बन्नु पर्ने देखिएको छ ।