neapl investment mega bank
  • गृहपृष्ठ
  • ७० प्रतिशत उद्योगधन्दा बन्दमा, प्रदेश एक सबैभन्दा बढि प्रभावित

७० प्रतिशत उद्योगधन्दा बन्दमा, प्रदेश एक सबैभन्दा बढि प्रभावित

Jun 3rd, 2021

आधारभूमि संवाददाता

काठमाडौं, जेठ २०

कोरोना महामारीको दोस्रो लहरका कारण ७० प्रतिशत उद्योगधन्दा बन्द हुन पुगेका छन् । असहज अवस्थाका कारण ति उद्योगधन्दा सञ्चालनमा नआउँदा ति उद्योगधन्दामा कार्यरत मजदुरको आम्दानीमा समेत प्रभावित पर्ने देखिएको छ।

सरकारले आपुर्ति व्यवस्था प्रभावित नहोस् र बजारमा महंगी नबढोस् भनेर महामारीका बिचमा पनि उद्योगधन्दा र निर्माण कार्य प्रंभावित नहुन दिन प्रयास गरेको थियो । तरपनि उद्योगधन्दा महामारीका कारण बन्द हुनुपर्ने स्थिती आएको छ ।

महामारीका कारण उपभोगमा कमि आएको छ । जसले पनि उद्योगहरु उत्पादनमा कटौति गर्न बाध्य भएका छन् । त्यसै त उद्योगधन्दासम्म मजदुर आउन र सुरक्षित रुपमा काम गर्न पनि कठिन छ।

यसपालि त बिमा कम्पनीहरुले कामदारको बिमा पनि गरेका छैनन् । जसका कारण मजदुर आफैपनि भयवित भएर काममा आएका छैनन् । बाचे कमाउला भन्ने सोच राखेको देखिन्छ ।

उद्योग बाणिज्य महासंघले गरेको एक अध्ययन अनुसार सबैभन्दा बढि प्रदेश नम्बर एकमा धेरै उद्योगधन्दा तथा कलकारखाना बन्द अवस्थामा रहेका छन् । महासंघको अध्ययन अनुसार प्रदेश नम्बर एकमा ८२ दशमलव सात प्रतिशत उद्योग बन्द अवस्थामा रहेका छन् ।

लुम्बीनी प्देशमा ६४ दशमलव पाँच प्रतिशत उद्योगधन्दा बन्द अवस्थामा रहेको छन् भने सुदुरपश्चीमा ५७ दशमलव सात र कर्णालीमा ४५ दशमलव पाँच प्रतिशत उद्योगधन्दा बन्द रहेका छन् ।

महासंघका अनुसार गण्डकी प्रदेशका उद्योग अहिले २५ प्रतिशत मात्रै सञ्चालनमा रहेका छन् । ७५ प्रतिशत उद्योग महामारीका कारण बन्द रहेको उद्योग बाणिज्य महासंघले गरेको अध्ययनमा देखिएको छ।

त्यसैगरि बागमती प्रदेशमा ६९ प्रतिशत उद्योगहरु बन्द अवस्थामा रहेको उद्योग बाािण्ज्य महासंघले जनाएको छ। महामारीका कारण यो क्षेत्रमा कबिर ३१ प्रतिशत उद्योगहरुमा मात्रै सञ्चालनमा रहेका छन् ।

प्रदेशमा नम्बर २ मा ३१ प्रतिशत मात्रै उद्योगहरु सञ्चालनमा रहेका छन् । किनभने ६९ प्रतिशत उद्योग बन्द अवस्थामा रहेको महासंघले जनाएको छ ।

कोरोना महामारीको दोस्रो लहरका कारण उपत्यकामा बैशाख १६ गते देखि र अन्य क्षेत्रमा त्यो भन्दा अघि देखिनै लागू गरिएको निषेधाज्ञाका कारण उद्योगधन्दा बन्द अवस्थामा रहेका छन् । जसका कारण उत्पादन त प्रभावित भएको छ नै यसले कामदारको रोजिरोटी पनि खोसिएको छ ।