neapl investment mega bank

नेप्से एकैदिन ५५ अंकले बढ्यो

Jun 2nd, 2021

काठमाडौ, जेठ १९

नेप्से उच्च अंकले बढेको छ । अघिल्लो दिन घटेको नेप्से आज बुधबार ५५ दसमलव ७६ अंकले बढेर २८ सय २७ दसमलव १२ अंकमा चढेकोमा सेन्सिटिभ पनि सात दसमलव ८३ अंकले बढेर पाँच सय पाँच दसमलव १५ अंकमा चढेको छ । आज दुुई सय १९ वटा कम्पनीहरुको एक लाख १४ हजार दुई सय १६ वटा कारोवारमा दुुई करोड २६ लाख १३ हजार २९ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम ११ अर्ब ३५ करोड १८ लाख १५ हजार तीन सय ५६ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा सामुुहिक लगानी कोष समुहको सुुचक घटेर बाँकी समुहको सुचक बढेकाछन । ति मध्ये बाँँणिज्य बैंक समुहको सुुचक आठ दसमलव आठ अंकले बढेर १८ सय ५७ दसमलव २० अंकमा पुुगेकोमा जलबिद्युत समुहको सुचक पनि ८१ दसमलव ८२ अंकले बढेर दुुई हजार नौ सय ४१ दसमलव एक अंकमा पुुगेको छ । यि बाहेक बिकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य र लगानी समुहको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा सानिमामाई हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा राधी जलबिद्युुत कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने भने नेपाल पुर्नबीमा कम्पनी परेको छ ।