neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • शान्ति समाजको २६ औँ स्थापना दिवस, १६ जिल्लामा रक्तदान लगायत २२ वटा कार्यक्रम

शान्ति समाजको २६ औँ स्थापना दिवस, १६ जिल्लामा रक्तदान लगायत २२ वटा कार्यक्रम

Jun 2nd, 2021

काठमाडौ, जेठ १९

मानव अधिकार तथा शान्ति समाजको २६ औँ स्थापना दिवसका अवसरमा आज बुधबार शान्ति समाजका जिल्ला शाखाहरुको आयोजनामा १६ जिल्लामा कार्यक्रमहरु सम्पन्न भएको छ । यस क्रममा शान्ति समाज चितवन शाखाद्वारा आयोजित रक्तदानमा २५ जनाले र दाङ शाखाद्वारा आयोजित कार्यक्रममा १५ जनाले रक्तदान गर्नुभएको थियो । साथै दाङ शाखाले मेट्रो अस्पताल अस्वारलाई १००० लिटरको पानी ट्याङ्की र कोरोना विशेष अस्पताल वेलझुण्डीलाई २ थान त्रिपाल सहयोग हस्तान्तरण गरेको छ ।

यसैगरी रुपन्देही शाखाले सृजनसिल समाजद्वारा सञ्चालित बाल गृहलाई खाद्यान्न सहयोग गर्नुका साथै प्रादेशिक अस्पतालमा कार्यरत र उपचाररतहरुलाई खाजा खुवाएको छ । शान्ति समाज काठमाण्डौ शाखाले तारकेश्वरस्थित नवजीवन परोपकार समाजलाई र कागेश्वरी मनोहरास्थित जेष्ठ नागरिक आश्रमलाई खाद्य सामग्री सहयोग गरेको छ ।

शान्ति समाज स्थापना दिवसको अवसरमा नुवाकोट शाखाले जेष्ठ नागरिक वृद्धाश्रम देविघाटलाई, पाल्पा शाखाले पाल्पाको नारायणस्थानमा श्रमिकहरुलाई, नवलपुर शाखाले गैंडाकोटको अपाङ्ग जीवन विकास संस्थालाई, तेह्रथुम शाखाले म्याङलुङ आश्रममा खाद्य सामग्री सहयोग गरेको छ भने सुर्खेत शाखाले वीरेन्द्रनगर नगरपालिकाले सञ्चालन गरेको कोभिड वार्डमा कार्यरत स्वास्थ्यकर्मीलाई स्वास्थ सामाग्री, बागलुङ शाखाले जिल्ला कारागार बागलुङमा मास्क र स्यानिटाइजर, सिरहा शाखाले लाहानमा स्वास्थ्य सामग्री वितरण गरेको छ ।

यसैगरी कपिलबस्तु शाखाले स्यानिटाइजर लगायत स्वास्थ्य सामग्री वितरण गर्नुका साथै बाजुरा शाखाले स्थानीय अस्पतालमा फलफुल वितरण गरेको छ । तेह्रथुम र झापा शाखाले कोभिड नियन्त्रणमा केन्द्रीत रहि सचेतना कार्यक्रम गरेका छन् । स्थापना दिवसकै अवसरमा नवलपरासी सुस्ता पश्चिम शाखाले बर्दघाट नगरपालिकाद्वारा सञ्चालित कोभिड अस्पतालमा उपचाररत बिरामीहरुका लागि १७ वटा सिलिण्डरमा अक्सिजन भरी सहयोग गर्ने कार्यक्रम रहेको छ भने मोरङ शाखाले लकडाउन प्रभावित सडक आश्रीत २०० जनालाई भोजन गराउँदै छ । साथै पाल्पा शाखाले १९ गते साँझ पाल्पामा दिप प्रज्वलन कार्यक्रम गर्दैछ ।

मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका लागि क्रियाशील स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाजको स्थापना २०५३ जेठ १९ गते भएको थियो । समाजको संस्थापक सभापति कृष्ण पहाडी र संस्थापक महासचिव सुवास ढकाल हुनुहुन्छ भने कृष्ण कँडेल, लिला खनाल लगायत संस्थापक सदस्य हुनुहुन्छ । समाजको हाल केन्द्रीय सभापति गोविन्द खनाल हुनुहुन्छ भने सल्लाहकारमा पूर्व सभापतिद्वय होमकान्त चौलागाई र उत्तम पुडासैनी हुनुहुन्छ ।

यसैगरी पुर्व सभापति डा. गंगाधर अधिकारी यस अघि सल्लाहकार रहिसक्नुभएको छ । हाल ३९ जिल्ला शाखा र १४ सय भन्दा बढी आजीवन सदस्य रहेको शान्ति समाजमा स्थापना कालदेखी सदस्यता लिनेहरुको संख्या १२ हजार नाघेको छ । जगतमुखी जीवनमुखी सेवामुखी अभियान भन्ने आह्वानसहित शान्ति समाजले राहत सहयोगसहित विभिन्न सेवामुखी कार्यहरु समेत गर्दै आएको छ भने घृणा÷विखण्डनको वकालत गर्ने कुनै पनि मानव अधिकार संस्था र व्यक्तिसँग सहकार्य नगर्ने समाजको नीति रहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi