neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • मैत्रीपूर्ण खेलमा अर्मेनियासँग बराबरीमा रोकियो क्रोएसिया

मैत्रीपूर्ण खेलमा अर्मेनियासँग बराबरीमा रोकियो क्रोएसिया

Jun 2nd, 2021

आधारभूमि संवाददाता

काठमाडौं, जेठ १९

क्रोएसियाले मैत्रीपूर्ण खेलमा अर्मेनियासँग बराबरी खेलेको छ ।मंगलबार राति सम्पन्न खेलमा क्रोएसियाले अर्मेनियासँग १–१ गोलको बराबरी खेलेको हो ।

घरेलु मैदानमा भएको खेलमा क्रोएसियाको लागि इवान पेरिसिकले एक गोल गरे भने अर्मेनियाको लागि व्बेय्मर अङुलुले एक गोल गरे ।

खेलमा पहिलो अग्रता भने क्रोएसियालेनै लिएको थियो। खेलको २४ औँ मिनेटमा इवान पेरिसिकले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

तर, दोस्रो हाफको ७२ औं मिनेटमा अर्मेनियाका व्बेय्मर अङुलुले गोल गर्दै खेल बराबरीमा फर्काए ।

क्रोएसियाले युरोकप फुटबलको तयारीको लागि मैत्रीपूर्ण खेल खेलेको हो ।

समूह (डीु)मा रहेको क्रोएसियाले जुन १३ मा इंग्ल्यान्डसँग पहिलो खेल खेल्दै युरोकपको सुरुवात गर्नेछ ।त्यस्तै,समूह (डीु)मा स्कटल्याण्ड र चेक रिपब्लिक पनि छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi