neapl investment mega bank
  • गृहपृष्ठ
  • स्नातक तहमा अध्यनरत विद्यार्थीहरु अन्योलमा

स्नातक तहमा अध्यनरत विद्यार्थीहरु अन्योलमा

Jun 1st, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, १८ जेठ

त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम बर्षको आवेदन फारम खुलाएको छ एक साता भन्दा वढि वितिसकेको छ । दोस्रो वर्षको बाँकी रहेका परीक्षा लिने बारे सुचना जारी गरेको छ । तर कोरोना महामारीको जोखिम रहेकै बेला विश्वविद्यालयले निकालेको सुचनाले विद्यार्थीहरुमा अन्योल बढाएको छ । अझ आवेदन फर्म खुलेको हप्ता दिन वितिसक्दा पनि अनलाईनबाट फर्म भर्ने पद्धति थाहा नपाएर धेरै विद्यार्थी अलमलमा परेका छन् ।

त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको परीक्षा साउनमा लिने गरेको थियो । तर यस वर्ष कोरोना महामारीका कारण परीक्षा नै अनिश्चित भएको छ । पछिल्लो समय विश्वविद्यालयले परीक्षाका लागि आवेदन फर्म खुलाएपनि प्रकृया झन्झटिलो र बनाएपछि विद्यार्थीहरु अन्योलमा परेका जेनित गिरी बताउँछन् ।

विश्व विद्यालयले अनलाइन मार्फत परीक्षाको आवेदन माग गरेपनि अधिकाँश विद्यार्थीसँग इन्टरनेटको पहुँच नरहेकोले उनीहरु समस्यामा परेका छन । यसका साथै परीक्षाका लागि कति शुल्क तिर्नु पर्ने समेत स्पष्ट नहुँदा विद्यार्थीहरुलाई फर्म भर्न कठिनाई भएको छ । यसैबीच विश्वविद्यालयले वैकल्पिक माध्यमबाट परीक्षा लिने भने पनि उपत्यका भन्दा बाहिर राम्रो नेटर्वक नभएकाले वैकल्पिक माध्यम बारे प्रष्ट हुन नसकेको अदिति रेग्मी बताउँछिन् ।

पछिल्लो समय ७९ शिक्षण इकाईले अनलाइन मार्फत कक्षा संचालन गरेका छन्, भने ३० वटा निकाय अझै पनि आंंशिक रुपले मात्र अनलाइन मार्फत कक्षा लिइरहेका छन । तर यसरी लिइने कक्षामा समेत विद्यार्थीको उपस्थिती अत्यन्तै न्युन रहेको छ ।