neapl investment mega bank
  • गृहपृष्ठ
  • सानिमा बैंकको मोबाईल बैकिङ्ग एपमा अब रेमिट्यान्स सेवा पनि उपलब्ध

सानिमा बैंकको मोबाईल बैकिङ्ग एपमा अब रेमिट्यान्स सेवा पनि उपलब्ध

Jun 1st, 2021

काठमाडौ, जेठ १८

सानिमा बैंक लिमिटेडले आफ्नो ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै मोबाईल बैकिङ एप सानिमा सजिलो ई –बैकिङ्गबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ । जस अन्तर्गत सानिमा एक्सप्रेस(रेमिट्यान्स सेवा) मोबाइल बैकिङ एपमा थप गरिएको छ ।

यो सेवा संचालनमा आएसँगै बैंकका ग्राहकहरुले आन्तरिक रेमिट्यान्स सोझै मोबाईल बैकिङ्ग एपबाट पठाउन सक्नुहुनेछ । रेमिट्यान्स रकम पठाउँदा मोबाइल बैकिङ्ग एपमा रहेको “सेन्ड रेमिट्यान्स” मार्फत् सोझै नगद वा बैकको खातामा जम्मा गर्न मिल्ने दुबै सुबिधा मध्ये एक रोज्न सक्नेछन । यसरी बैंक खातामा पठाइएको रकम तुरुन्तै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुनेछ । यसका साथै मोबाईल बैकिङ्ग एपमा रहेको “रिसिभ रेमिट्यान्स” प्रयोग गरी देश तथा विदेशबाट पठाइएको रेमिट्यान्स रकम सोझै आफ्नो बैक खातामा संकलन वा प्राप्त गर्न सक्नेछन ।
ग्राहकहरुले देशका ७७ जिल्लामा रहेका १६ हजार आधिकारिक एजेन्टहरु मार्फत् रेमिट्यान्स रकम संकलन गर्न सक्नेछन । सानिमा बैकको रेमिट्यान्स सेवा सानिमा सजिलो ई बैकिङ्गको वेभ भर्सनमा पनि उपलब्ध छ ।

सानिमा बैंकको सातै प्रदेशमाहाल ८६ वटा शाखा, १७ विस्तारित काउन्टरर ९६ वटा ए.टि.एम. संचालनमा रहेकाछन् ।