neapl investment mega bank

नेप्से सुचक तथा कारोवार रकम दुबै घटे

Jun 1st, 2021

काठमाडौ, जेठ १८

आज मंगलबार पनि नेप्से सुचक तथा कारोवार रकम दुबै घटेको छ । नेप्से आज ११ दसमलव ६८ अंकले घटेर २७ सय ७१ दसमलव १५ अंकमा पुुगेकोमा सेन्सिटिभ पनि तीन दसमलव ६९ अंकले घटेर चार सय ९६ दसमलव ८६ अंकमा झरेको छ । दुुई सय १६ वटा कम्पनीहरुको ९८ हजार छ सय सात पटकको कारोवारमा एक करोड ९७ लाख ८३ हजार तीन सय ५४ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम आठ अर्ब ५९ करोड ८१ लाख ६० हजार एक सय १७ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा तीन वटा समुहको सुचक बढेकाछन भने १० वटा समुहको सुचक बढेकाछन । सो मध्ये बाँँणिज्य बैंक समुहको सुचक ११ दसमलव ७६ अंकले घटेर १८ सय ४६ दसमलव नौ अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक पनि एक सय २३ दसमलव ९९ अंकले घटेर १४ हजार तीन सय २० दसमलव ८० अंकमा पुुगेको छ । यसैगरी जलबिद्युत, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुुलक, लघुुबित्त, सामुुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेकाछन । बिकास बैंक, फाईनान्स र अन्य समुहको सुचक भने आज बढेकाछन ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा कालिका पावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीह्रुको सुचीमा दिव्येश्वरी हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी परेको छ ।