काठमाडौँ, १७ जेठ
सेनेटरी प्याडका कारण उत्पन्न हुने फोहरमैलालाई व्यवस्थापन गर्नका लागि ज्यास्मिन हाईजीनले सेफ्टी इनसिनेटर मेसिन ल्याएको छ । यस मेसिनले एक दिनमा १ सय प्याड सम्म डिस्पोज गर्न सकिने कम्पनीले जनाएको छ । यसका साथै यो मेशीन विद्युतबाट संचालित हुन्छ र प्रयोगकर्ता मैत्री पनि छ।
जब प्रयोगमा आउँदैन यो मेसिन स्वचालित रूपमा बन्द हुन्छ । यसमा खरानी सफा गर्ने ट्रे समेत समावेश छ । कम्पनीका अनुसार यसले ब्याक्टेरिया र गन्ध समेत हटाउँदछ। यसबाट आउने खरानी जुन मलको रूपमा समेत प्रयोग गर्न सकिन्छ र यो पानीमा सजिलैसँग घुल्ने गर्दछ।
“नेपालमा सेनेटरी प्याडको प्रयोग बिस्तारै बढ्दैछ र प्रयोग भएका सेनेटरी प्याडको उचित व्यवस्थापन गर्नु सधै एउटा समस्याको बिषय हो । ती समस्याहरुलाइ बुझेर हामीले सेफ्टी सेनेटरी प्याड ईन्सेनेरेटर ल्याएका छौं जसले सेनेटरी फोहोरलाई जलाउछ र वातावरणीय फोहोरलाई न्यूनतम पार्छ।” ज्यास्मिन हाइजीनका प्रबन्ध निर्देशक पुनित सारदा ले भने,
“ज्यास्मिन हाइजिन, सधै विश्लेषण र खोज गरिरहेका हुन्छौ कि कसरी उत्तम तरिकाले सबैले महिनावारि संभावित सबै शिर्षक लाई सहज गर्न सकिन्छ भनेर, ईन्सेनेटरको प्रयोग यसको एक पाइला हो । स्कूल, सरकारी तथा कर्पोरेट कार्यालयहरू, शपिंग मल लगायत सार्वजनिक शौचालयहरूमा समेत यसलाइ सजिलै राख्न सकिन्छ र यो प्रयोग गर्न पनि एकदमै सजिलो छ।”
ज्यास्मिन हाईजीनले हालसालै सेफ्टी सेनेटरी प्याड भेन्डिङ मेशीन पनि ल्याएको थियो जसबाट आवश्यक परेको समयमा किराना पसल वा फार्मेसीमा गए बिना नै सहज रुपमा स्यानेटरी प्याडको प्रयोग गर्न सक्ने पहुँच बनाएको छ । कार्ड वा सिक्काको प्रयोग बाट सजिलै मेसिनबाट सेनेटरी प्याड प्राप्त गर्न सकिन्छ।
ज्यास्मिन हाइजिन पहिलो र प्रतिष्ठित नेपाली कम्पनी हो, जसले सेनेटरी प्याड नेपालमै उत्पादन गर्दछ। कम्पनीले १५ वर्षदेखि सेनिटरि प्याड लगायतका समाग्री उत्पादन गरिरहेको छ। सेफ्टि सेनेटरी प्याड, कुडलर, शेल्ड मास्क यसको प्रतिष्ठित उत्पादनहरू हुन्।