neapl investment mega bank
  • गृहपृष्ठ
  • कोभिड -१९ को महामारीमा पनि लगातार नौ दिन रक्तदान कार्यक्रम सम्पन्न

कोभिड -१९ को महामारीमा पनि लगातार नौ दिन रक्तदान कार्यक्रम सम्पन्न

May 31st, 2021

आधारभूमि संवाददाता

काठमाडौ, १७ जेठ

विश्वमा कोभिड १९ दोश्रो भेरियन्टको महामारीमा रगतको अभाव भइरहेको बेला नेपाल रेडक्रस सोसाइटी बालकोट उपशाखा र विभिन्न संघ सस्थाको सहयोगमा जेष्ठ ९ देखि १७ गते सम्म लगातार रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

उक्त कार्यक्रमा हालसम्म पुरुष २०० महिला ६८ गरी २६८ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी बालकोट उपशाखाका वर्तमान अध्यक्ष दिवाकर सिल्वालले बताए । नेपाल रेडक्रस सोसाइटी बालकोट उपशाखाका निवर्तमान अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठले रक्तदान कार्यक्रमा सहयोग गर्नु हुने संघ संस्था तथा रक्तदान, जिवनदान, महादानमा रक्तदान गर्नु हुने सम्पूर्ण व्यक्तिहरुलाई हृदय देखि धन्यवाद दिनुका साथै आगामी दिनमा पनि यस्तो रक्तदान, जिवन दान, महादान कार्यक्रममा सहभागी भई सहयोग पुर्याउन हुन अनुरोध गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।