neapl investment mega bank
  • गृहपृष्ठ
  • एसईईको परीक्षा आन्तरिक मुल्यांकनबाटै गर्न प्रस्ताव

एसईईको परीक्षा आन्तरिक मुल्यांकनबाटै गर्न प्रस्ताव

May 31st, 2021

आधारभूमि संवाददाता

काठमाडौ, जेठ १७

शिक्षा मन्त्रालयले सोमबार माध्यमिक शिक्षा परीक्षा एसईई आन्तरीक मुल्यांकन बिधि अनुसार गराउन प्रताव मन्त्रिपरिषद्मा लैजाने भएको छ ।

बसेको मन्त्रालयको बैठकले उक्त परीक्षाको आन्तरिक मुल्यांकन विधि बाटै गराउन प्रस्ताव राख्ने शिक्षा मन्त्रीका प्रेस संयोजक ईश्वरराज ढकालले जानकारी दिए । उनका अनुसार मन्त्रालयको बैठकले आन्तिरिक मुल्यांकन विधि अर्थात गत बर्षकै विधि अनुरुप गराउने प्रस्ताव मन्त्रिपरिषद्लाई पठाउने निर्णय गरेको बताए ।

गत बर्ष विद्यालयको पधानाध्यापक, कक्षा शिक्षक र अनुभवी शिक्षक गरी तीन सदस्यीय मुल्यांकन समिती गठन गरी पहिलो त्रैमासिक अवधिको मुल्यांकन १० प्रतिशत, दोस्रो त्रैमासिक अवधिको मुल्यांकन ३० प्रतिशत र शैक्षिक सत्रको अन्त्यसम्ममा निर्धारित सबै विषय बस्तु मुल्यांकन भएको थियो ।