neapl investment mega bank
  • गृहपृष्ठ
  • एनआइ सी एशिया क्यापिटलमा अनलाईन मार्फत लगानी व्यवस्थापन सेवा लिन सकिने

एनआइ सी एशिया क्यापिटलमा अनलाईन मार्फत लगानी व्यवस्थापन सेवा लिन सकिने

May 31st, 2021

काठमाडौ, जेठ १७

एनआइ सी एशिया क्यापिटल लिमिटेडले अनलाईन मार्फत लगानी व्यवस्थापन सेवा दिने भएको छ । आफ्नो स्थापनाकाल देखि नै लगानी व्यवस्थापन सेवा क्यापिटलको केन्द्रिय कार्यालय बबरमहल, काठमाण्डौबाट प्रदान गर्दै आईरहेकोमा पछिल्लो समय यसलाई परिमार्जन गरी अनलाईन मार्फत सेवा दिने व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

लगानी व्यवस्थापन सेवाको माध्यमबाट शेयर बजार सम्बन्धी ज्ञान नभएका लगानीकर्ता तथा शेयर बजार सम्बन्धी ज्ञान भएता पनि समय अभावको कारणले गर्दा शेयर कारोबार गरेर लाभलिन नसक्नु भएका आमलगानीकर्ताहरुलाई मध्यनजर गरि एनआई सी एशियाले लगानी व्यवस्थापन सेवा संचालन गरिरहेको हो । हाल उक्त सेवामार्फत ग्राहकहरुले प्रत्यक्षरुपमा लाभलिइरहनु भएको कम्पनीले जनाएको छ ।

हालमहामारीको रुपमा फैलिरहेको नोवेल कोरोना (कोभिड १९) भाइरसको दोश्रो लहरको संक्रमण देशव्यापीरुपमा दिनप्रतिदिन फैलिरहेको अवस्था र सोको रोकथाम, नियन्त्रण गर्नको लागि निषेधाज्ञा जारी गरिएको परिस्थितिमा लगानी व्यवस्थापन सेवा लगायतका भौतिकरुपमा उपस्थित भई प्रदान गरिने सम्पूर्ण सेवाहरु पूर्णरुपमा बन्द भईरहेको अवस्थामा लगानीकर्ताहरुलाई शेयर बजारमा लगानी गरि प्रतिफललिन सहजीकरण गर्ने मुख्य उद्देश्यका साथ कम्पनीले लगानीकर्ताहरुलाई अनलाईनको माध्यमबाट लगानी व्यवस्थापन सेवाको लागि आवेदन दिन सक्ने व्यबस्था मिलाएको हो ।

लगानीकर्ताहरुले एनआई सी एशिया क्यापिटलको लगानी व्यवस्थापन सेवा अनलाईन मार्फत सहज रुपमा घरमै बसीलिई शेयर बजारमा लगानी गरि अल्पकालीन र दिर्घकालीन फाईदा लिनसक्नुहुने छ । उक्त सेवा लिने ग्राहकहरुको लगानी सम्बन्धी निर्णय गर्दा शेयर बजार सम्बन्धी राम्रो ज्ञान र अनुभव भएका विज्ञ समुहबाट गरिने हुँदा लगानीकर्ताहरुलाई कम जोमिख बहन गरि उच्च प्रतिफल प्राप्त गर्ने अवसर प्राप्त हुने देखिन्छ । अनलाईन मार्फत लगानी व्यवस्थापन सेवा लिन चाहने ग्राहकहरुले एनआई सी एशिया क्यापिटलको वेभसाईटमा गई आफ्नो समय अनुकुल भर्चुअल मिटिङको लागि समय बुक गर्न सक्नेछन ।